द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेजबीच सहकार्य



काठमाडौं । द ब्रिटिश कलेज र सगरमाथा नेशनल कलेज (सगरमाथा इन्जिनियरिङ कलेज)को भातृ संस्थाबीच सहकार्य भएको छ । द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले र सगरमाथा नेशनल कलेजका प्रिन्सिपल रमेश श्रेष्ठले सहकार्यको सहमतिपत्रमा हस्ताक्षर गरेर आगामी दिनमा आपसी सहयोग र समन्वय गर्ने विषयमा प्रतिवद्धता जनाएका हुन् ।

सगरमाथा नेशनल कलेजले हाल पिर्यसन एडेक्सेलबाट आइटीमा बिटेक लेभल ३ (आइटीमा डिप्लोमा बराबर) को कार्यक्रम सञ्चालन गरिरहेको छ । जसलाई युके डिग्री लिने मार्गको रुपमा लिइन्छ ।

द ब्रिटिश कलेजले हाल युकेको लिड्स बेकेट युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट इंग्ल्याण्डको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सहमति पत्र अनुसार अब सगरमाथा नेशनल कलेजका विद्यार्थीहरुले द ब्रिटिश कलेजमा स्नातक तह पढ्न सक्नेछन् ।


क्लिकमान्डु