सिटिजन्स बैंकको हकप्रद सेयर आजदेखि खुल्ला



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आज (चैत २४) बाट २५ प्रतिशत हकप्रद बिक्रि शुरु गरको छ । बैंकले हकप्रद आगामी बैशाख २७ गते बन्द हुने जनाएको छ ।

बैंकले १०० रुपैंयाँ फेस भ्यालुमा १ करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

हकप्रद पछि बैंकको चुक्ता पूँजी अहिलेको ५ अर्ब ५३ करोड रुपैंयाँबाट बढेर ६ अर्ब ९२ करोड रुपैंयाँ पुग्नेछ ।

बैंकले हकप्रदको लागि सानिमा क्यापिटललाई इस्यु म्यानेजरमा नियुक्त गरेको छ । इच्छुक सेयरधनीहरुले सानिमा क्यापिटल, सिबिआइएल क्यापिटल र सिटिजन्स् बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म ६० करोड ७६ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । बैकले ८ अर्ब पुँजी पुर्याउन थप १५.६ प्रतिशत पुँजी बढाउनुपर्ने हुन्छ ।


क्लिकमान्डु