महंगियो समर



 

काठमाडौं । केही दिनयता काठमाडौंमा चैते झरी रोकिएको छ । झरी रोकिएसँगै हपहप पोल्ने गर्मी सुरु भइसकेको छ ।

बढ्दो गर्मीसँगै बजारलाई पनि समर लागिसकेको छ । काठमाडौंका मुख्य बिजनेस कम्पलेक्सहरु समरका सामानले भरिएका छन् ।

तर, यसपटकको समर भने तपाईंका लागि अघिल्लो समरभन्दा केही महंगो हुने भएको छ ।

गर्मीमा हाप प्याइन्ट, टि सर्ट, बडी जस्तो स्लिप् लेस टि सर्ट, हाप सक्स, फ्रि स्टाइल टि सर्ट, हाफ सर्र्ट, थिन् सर्ट, भेस्ट, क्याप, बक्सर आदि धेरै मात्रामा बिक्री हुने न्युरोड स्थित आरबी कम्प्लेक्समा न्यु फेन्सी कर्नर चलाउने चन्द्रदिप सिंहले बताए ।

सिंहका अनुसार यस्ता कपडा भारत र चीनबाट आउँछन् ।

यस्तै चक्रपथमा स्टेप ईन स्टाइल पसलका संचालक सन्दिप केसी गर्मीयाममा बडी जस्तो फ्रि स्टाइल टि सर्ट, सर्ट, हाप प्यान्ट आदीको बिक्री हुने बताउँछन् ।

केसीको पसलमा बजारमा भारतबाट आयात हुने सर्टको मुल्य ८ सय देखि हजार रुपैयाँ सम्मको छ भने चीनबाट आउने सर्टको मुल्य १ हजार देखि १५ सय सम्मको छ ।

यस्तै अहिले आएको टि सर्टहरुको मुल्य १ हजार रुपैयाँ तथा क्यापको मुल्य ३ देखि ४ सय रुपैयाँसम्म रहेको छ ।

गतवर्षको तुलनामा औसतमा गर्मीमा लगाइने कपडाको मुल्य २० प्रतिशत बढेर आएको व्यापारमा संलग्न व्यापारीहरु बताउँछन् ।

‘केहि ट्रान्सप्यारेन्ट लुगाहरु ५ सय देखि ७ सयमा पाइन्छ’, चकपथमा स्टेप इन स्टाइलका सञ्चालक केसीले भने, ‘अरु सामानहरु पहिलेको तुलनामा केही बढेर आएको छ ।’


पुष्प दुलाल