वाईवाईले सुरु गर्यो ‘ बनौं आदर्श नागरिक’ अभियान



काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले सामाजिक जनचेतना अगाडि बढाउनको लागि ‘बनौं आदर्श नागरिक ’ अभियान सुरु गरेको छ ।

अभियानले सडक दुर्घटना न्यूनिकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । यसको लागि चौधरी ग्रुपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य गरेर अगाडि बढ्ने भएको हो ।

दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानेलाई ग्रुपले ११ सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना बढाउन वाइवाइ मार्फत अभियान सुरु गर्न लागेको बताए । ‘वाइवाइ मार्फत हामीले विगतमा पनि सामाजिक जनचेतना फैलाउने अभियान संचालन गरेका थियौ’, चौधरीले भने ।

चौधरी ग्रुपका भाइस प्रेसिडेन्ट जिपी शाहले आफुहरुले दुर्घटनामा परेका व्यक्तिलाई छिटो अस्पताल पुर्याउने अभियान सुरु गरेको बताए ।
अभियान संचालनको लागि ग्रुपले सुझाव लिनको लागि ह्यासट्याग बनौ आदर्श नागरिक अन्तर्गत सामाजिक संजाल मार्फत प्रतिक्रिया लिने जनाएको छ ।


क्लिकमान्डु