नेउवा महासंघ निर्वाचनः अध्यक्षको मध्यस्थतामा सहमतिको लागि शेखर र किशोर छलफल गर्दै




काठमाडौं । आगामी चैत २८ र २९ गते हुने नेपाल उद्योग बाणिज्य (नेउबा) महासंघको ५१ औं अधिबेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने पहल निकै अगाडि पुगेको छ ।

महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने भएपछि बरिष्ठ उपाध्यक्षका उम्मेदवारबीच सहमति गराएर सर्बसम्मत नेतृत्व चयन गर्ने महासंघ अध्यक्ष पशुपति मुरारकाको बिशेष पहलमा छलफल हुन लागेको हो ।

अध्यक्ष मुरारकाले अहिले महासंघमा बरिष्ठ उपाध्यक्षका दुबै प्रत्यासी र अन्य पदका उम्मेदवारबीच छलफल भइरहेको छ ।

बुधबार बिहान क्लिकमाण्डूसँग बिशेष कुरा गर्दै बरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले अध्यक्ष मुरारकाले बोलाएको छलफलमा नजाने बताएका थिए ।

तर अहिले प्रधानसहितको टीम छलफलको लागि महासंघ पुगेको प्रधान समुहबाट बस्तुगत उपाध्यक्षका प्रत्यासी शंकर पाण्डेले जानकारी दिए ।

‘अध्यक्षज्यूले बालाउनु भएको थियो, सर्बसम्मतको प्रयास गर्छु भन्नुभएको छ, हामी छलफलका लागि महासंघ पुगिसकेका छौं,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

यो पनि हेर्नुहोस्
मुरारकालाई प्रधानको शर्त- गोल्छाको उम्मेद्वारी फिर्ता गराउने हो भने सहमतिको छलफलमा आउँछु


क्लिकमान्डु