काठमाडौंमा १० रूपैयाँदेखि साढे ७ हजारसम्मको मास्क, डाक्टर भन्छन्ः यो ठीक छ



काठमाडौं । धुलोका कारण काठमाडौंबासी माक्सवादी भएका छन् । धुलोबाट बच्न माक्सको प्रयोग अनिवार्य जस्तै भएकाले काठमाडौंबासी माक्सवादी भएका हुन ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन सडक भत्काइदा काठमाडौं धुलोम्य भएको छ । धुलोका कारण सास फेर्न मुस्किल भएकाले उपत्यकावासी माक्स धारण गरेर आफ्ना दैनिकीमा निस्कने गरेका छन् ।

काठमाडौं धुलोमय भएसँगै मेडिकल, फेन्सी पसल, फुटपाट, अनलाइन सपिङ साइटमा माक्सको व्यापारमा वृद्धि भएको छ ।

फुलस्टप फेन्सी पसल, चक्रपथका संचालक सुन्दर जोशी हालको दिनमा माक्सको व्यापारमा वृद्धि भएको बताउँछन् ।

‘अघिल्लो वर्ष दिनमा २, ४ वटा माक्स बेच्न मुस्किल हुन्थ्यो, अहिले कम बिकेको दिन पनि दिनमा १५ देखि २० वटा माक्स सजिलै विक्री हुन्छ,’ जोशीले भने ।

उनको फेन्सीमा १ सय ५० रुपैयाँदेखि देखि ३ सय रुपैयाँसम्मको माक्स उपलब्ध छ ।

यस्तै चक्रपथकै निशान मेडिकलमा पनि माक्सको विक्रीमा वृद्धि आएको संचालक बताउछन् । पहिला माक्स नलगाइ हिड्नेहरु पनि अहिले डिस्पोजल माक्स किन्न आउने गरेको उनी बताउछन् । उनको मेडिकलमा १० रुपैयाँ र २० रुपैयाँ पर्ने डिस्पोजल माक्सको माग अधिक रहेको उनी बताउछन् ।

सस्तो डिल अनलाइन सपमा २५० रुपैयाँदेखि ३५ सय रुपैयाँसम्मको माक्स उपलब्ध छ ।

नेपाली बजारमा अहिले १० रुपैयाँदेखि ३५ सय रुपैयाँसम्मका विभिन्न डिजाइनका माक्स उपलब्ध छन् ।

कुन माक्सको कति रुपैयाँ पर्छ हेर्नुहोस
डिस्पोजल माक्सप्रति गोटा १० र २० रुपैयाँ

भेनस सुप्रिम फिल्टर मास्क प्रतिगोटा २ सय ५० रुपैयाँ

फेस सिल्ड भिजिर मास्क प्रतिगोटा ४ सय ५० रुपैयाँ

एमवान निन्जा फुल फेस फिल्टर मास्क प्रतिगोटा ६ सय ५० रुपैयाँ

स्मल टुथ भोक्स मास्क प्रतिगोटा २ हजार ७ सय ९९ रुपैयाँ

स्मल् टर्कचक्र भोक्स मास्क प्रतिगोटा २ हजार ८ सय ५६ रुपैयाँ

स्मल लाइटिङ भोक्स मास्क प्रतिगोटा २ हजार ८ सय ५६ रुपैयाँ

मिडियम टुथ भोक्स मास्क प्रतिगोटा ३ हजार २ सय ६४ रुपैयाँ

मिडियम ब्लायक भोक्स मास्क प्रतिगोटा ३ हजार ५ सय ७० रुपैयाँ

लार्ज भोग मास्क प्रतिगोटा ३ हजार ५ सय ७० रुपैयाँ

भेगा जेट ओल्ड स्कूल हेल्मेट विथ.. प्रतिगोटा ७६५० रुपैयाँ

के भन्छन् विशेषज्ञ डाक्टर ?
भोक्स मास्कले २.५ पीएम धुलो धुवाका कण, किटाणु आदिबाट सुरक्षित राख्न मदत पुराऊदछ । यो अरु भन्दा केही महगो हुने हुदा सबैको पुहुचमा नपुग्न सक्छ । तसर्थ बिना मास्क भन्दा हाल बजारमा प्रयोग गरिने अरु मास्कहरु भएपनि लगाउदा पूर्ण नभए पनि केही हदसम्म सुरक्षित भने हुन सकिन्छ ।

डा. शेरबहादुर पुन
संयोजक, क्लिनिकल रिसर्च युनिट,
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकू

यो पनि पढ्नुहोस्- माओवादी सरकारका ‘मास्कबादी’ जनता (फोटोकथा)


क्लिकमान्डु