नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो २ को मुत्यु




चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर गम्भीर घाईते भएका २ जनाको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरोमापरी ५ वटा मोटरसाइकल, एउटा ट्रक,, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडीसहित ९ वटा सवारी साधन पुरिएको अनुमान छ ।

बिहान १०ः४० बजेको समयमा सुख्खा पहिरो जाँदा सडकमा गुडिरहेका सवारी साधनलाई पुरेको थियो । । उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । रासस


पुष्प दुलाल