सेयर कारोबार खुलेको आधा घन्टामै २ पटक सर्किट ब्रेक



काठमाडौं । सोमबार कारोबार सुरु भएको ३० मिनेटमा नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेको छ ।

बजार ४ प्रतिशतले बढेपछि ३० मिनेटका लागि सर्किट ब्रेक ललाइएको हो । अब ११:५९ मा मात्र कारोबार सुचारु हुने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सेयर बजार अस्वभाविकरुपमा बढ्दा वा घट्दा लगानीकर्तालाई ‘कुल’ बनाउने उद्देश्यले नेप्सेले सर्किट ब्रेक लगाएर केही समयका लागि कारोबार बन्द गर्ने गर्छ ।

सोमबार पहिलोपटक ११:१३ मा १५ मिनेटका लागि सर्किट ब्रेक लगाइएको थियो । सर्किट ब्रेकपछि ११:२७ मा बजार खुल्यो । तर, बजार खुल्ने वित्तिकै फेरि नेप्से अत्यधिक बढेपछि ११:३४ मा दास्रोपटक सर्किट ब्रेक लगाइएको हो ।

पहिलो ३० मिनेटमा २२ करोड २८ लाख रुपैंयाँको कारोबार भइसकेको छ । अहिलेसम्म ९३ कम्पनीका ४ लाख २४ हजार ५ सय ९९ कित्ता सेयर कारोबार भएको छ ।

आइतबार पनि बजार ८० अंकले बढ्दा ३ पटक सर्किट ब्रेक लागेको थियो ।


पुष्प दुलाल