अब काठमाडौंमा हर्न बजाए ५ हजार जरिवना



काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १ गतेदेखि हर्न बजाए ५ हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ ।

काठमाडौं महानगरपालिका, यातायत व्यवस्था विभाग,ट्राफिक प्रहरी र सरोकारवालाहरुको आइतबार बसेको बैठकले नयाँ वर्षदेखि काठमाडौं उपत्यकामा हर्न बजाए ५ हजार रुपैयाँ जरिवना लगाउने निर्णय गरेको हो ।

ध्वनी प्रदुषण बढेको भन्दै त्यसलाई कम गर्न सरोकारवाला निकायहरुले नयाँ नियम लगाउन लागेका हुन् ।

नयाँ नियम अनुसार अतिआवश्यक एम्बुलेन्स, सुरक्षा बाहन, शव बाहन, दमकलले भने साइरन बजाउन पाउनेछन् । नियम अटेर गर्नेलाइ कडा कारबाही गरिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।


पुष्प दुलाल