काठमाडौंबाट यसरी घोषणा भयो किशोर प्रधान समूहको उम्मेद्वारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले काठमाडौंबाट औपचारिकरुपमा टिम घोषणा गरेका छन् ।

गत फागुन २२ गते बिराटनगरबाट उम्मेद्वारी घोषणा गरेका प्रधानले आइतबार साँझ राजधानीको याक एण्ड यति होटलबाट टिमसहितको उम्मेद्वारी घोषणा गरेका हुन् ।

सक्षम नेतृत्व शशक्त महासंघ भन्ने नारासहित प्रधानको समूहले उम्मेद्वारी घोषणाा गरेको छ ।

महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले प्रधान समूहको टिम खारिएको टिम भएको बताएका छन् ।

प्रधानको प्यानलबाट जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ छन् । त्यसैगरी बस्तुगततर्फको उपाध्यक्षमा शंकर पाण्डे छन । एसोसिएटतर्फ भने प्रधान समहूको उम्मेद्वार छैन ।

प्रधान प्यानललाई कुशकुमार जोशी, शुरज बैद्य, भाष्करराज राजकर्णिकार, आजाद श्रेष्ठ, डिबी बस्नेतलगायतको समर्थन छ ।

 


पुष्प दुलाल