चन्द्रागिरिमा रामनवमीको अवसरमा निशुल्क कन्सर्ट



काठमाडौं । चन्द्रागिरि हिल्सले रामनवमीको अवसरमा  चैत २३ गते निःशूल्क कन्सर्ट गर्ने भएको छ । कन्सर्टमा रामलिला शो, स्ट्याण्ड अप कमेडीसहित शिब परियारको विशेष प्रस्तुती रहने कम्पनीले जनाएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार छन् ।

भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।


पुष्प दुलाल