तीन संस्थाको बोनस सेयर सूचिकृत




काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा तीन संस्थाको बोनस सेयर सूचिकृत भएको छ ।

स्टक एक्सचेन्जका अनुसार पश्चिमान्चल फाइनान्सको ४ लाख ५५ हजार २ सय ६० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता बोनस सेयरपनि सूचिकृत भएको छ । जानकी फाइनान्सको ३ लाख १० हजार ७ सय ८१ कित्ता बोनस सेयरपनि स्टकमा सूचिकृत भएको छ ।


क्लिकमान्डु