कुन अर्बपतिले के खान्छन् ? कसलाई के को लत ?



बिश्वका अर्बपतिहरु आम मानिसका लागि ‘पहेली’ नै हुने गरेका छन् । उनीहरु कहाँ र कसरी बस्छन् ? के खान्छन् ? के चढ्छन् ? जस्ता कुरा आम चासोका बिषय हन् । त्यसैलाई मध्यनजर गर्दै यहाँ बिश्वका चर्चित अर्बपतिहरुका खान्कीका बारे केही तथ्यहरु पेश गरिएका छन् ।

संसारकै तेस्रो धनी (७५.६ अर्ब डलरका मालिक) अमेजोनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस सँधै घडीको अर्लाम बिना नै उठ्छन् । प्राकृतिक रुपमा निद्रा खुलेपछि शरिर स्फुर्त हुने र उत्पादकत्व बढ्ने उनको बिश्वास छ ।

उनी आरामले आफ्नो पत्नी र चार बच्चाहरु सँग ब्रेक्फास्ट खाने गर्छन् । उनी अमेरिकन ब्रेकफास्ट भनेर चिनिने चिल्ला खानेकुरा खाँदैनन् । त्यसैले उनी निकै ‘फिट’ पनि देखिन्छन् ।

उता भर्जिन ग्रुपका संस्थापक एवं ५.२ अर्ब डलरका मालिक रिर्चड ब्रान्सन भने खाने मामलामा त्यती ‘हेल्थ कन्सस’ देखिएनन् ।

निवर्तमान अमेरिकी राष्ट्रपनि बाराक ओबामाको निकै नजिकको साथी समेत भनेर चिनिने ब्रान्सन् दैनिक २० कप भन्दा धेरै चिया पिउँछन् । ‘इङ्गलिस बे्रकफास्ट चिया बिना म कसरी बाँचुला, थाहा छैन’, उनी भन्छन् । बाराक ओबामा राष्ट्रपतिबाट अवकाश भएपछि उनी र ब्रान्सन सँगै समुद्री तटमा घुम्दै गरेको तस्वीरहरु सार्वजनिक भएका थिए ।

संसारकै दोस्रो धनी एवं सेयर बादशाह भनेर समेत चिनिने वारेन बफेट ब्रेकफस्टमा सँधै आइसक्रिम खान्छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर, ७८.७ अर्ब डलर यी मालिक आइसक्रिम मात्र नभएर बे्रकफस्टमा सँधै कोकाकोला समेत खान्छन् । उनी दिनभरीमा ५ वटा कोकाकोला र फ्रेन्च फ्राइज समेत खान्छन् । उनी ८६ बर्षका भए ।
संसारकै सबैभन्दा धनी बिल गेट्स आफुलाई ‘डायट कोक’ (चिनी कम भएको कोक) को लत लागेको बताउँछन् । उनी दिनभरीमा ३ देखि ४ वटासम्म डायट कोक पिउने गरेको बताउँछन् । तर, उनका सहकर्मीहरु भने उनलाई कोकको क्यान बिना बिरलै देखिने बताउँछन् । गेट्ससँग हाल ८५.६ अर्ब डलर बराबरको सम्पत्ती छ ।

अमेरिकी करोडपति ह्यु जेफ्नरको खान्की झन् रोचक छ । पुरुषको लाइफस्टाइल म्याग्जीनका प्रकाशक ह्यु ‘ल्याम्ब चप’ (भेडाको मासुको टुक्रा) र उसीनेको आलु बाहेक अरु केहि खाँदैनन् । उनको खान्की एकदमै एकाङ्की भएको टिप्पणी गरिन्छ । तर, ९० बर्षका यी बयोबृद्धलाई के नै फरक पर्छ र ?

‘अप्रत्याशित’ रुपमा चुनाव जितेर बिश्वलाई चकित पारेका र अहिले बिभिन्न अभिब्यक्ति र निर्णयले चर्चामा आइरहेने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि अमेरिकाका निकै चर्चित अर्बपति हुन् । उनीसँग हाल ३.५ अर्ब डलर बराबरको सम्पत्ती छ ।

उनी भने ‘फास्ट फुड’ का पारखी हुन् । ‘आफुलाई जे मिठो लाग्छ त्यहि खान्छु’, उनी भन्छन् । उनी अमेरिकी फास्ट फुड कम्पनी म्याक्डोनाल्डको ठूलो प्रशंसक हुन् । उनी आफु म्याक्डोनाल्डको सरसफाई र ‘फिलेट ओ फिस’ (माछाको बर्गर) को प्रशंसक रहेको बताउँछन् ।

संसारकै सबैभन्दा शक्तिशाली एवं अर्बपति महिला ओपेरा विन्फ्रि आलुसँग आशक्त छिन् । पछिल्लो समयमा आफ्नो यो लत कम गर्न सकेकोमा उनी निकै सन्तुष्ट छिन् । उनी अहिले थोरै फ्रेन्च फ्राइजले पनि सन्तुष्ट हुन थालेको बताउँछिन् ।

बिश्व बिख्यात टेलिभिजन कार्यक्रम ‘द ओपेरा विन्फ्रि शो’ कि यी संचालीका संग २.९ अर्ब डलरको सम्पत्ति छ ।
फेसबुकका संस्थापक एवं पछिल्ला दिनका निकै चर्चित अर्बपति मार्क जुकर्बग हालसालै आफु अब नियमित कसरत गर्ने र स्वस्थ खानेकुरा मात्र खाने घोषणा नै गरेका छन् ।

उनले कुनै बेला आफैले काटेको जनावरको मासु मात्र खाने भनेर आफैंलाई चुनौती समेत दिएका थिए । त्यस बर्ष उनले आफैंले काटेको सुङ्गुरको मासु पकाउने देखि बाख्राको घाँटी रेट्नेसम्मका काम गरेका थिए । उनी हाल फोब्र्सको अर्बपति सूचीको ५ औं स्थानमा छन् । उनको सम्पत्ति ५८.६ अर्ब डलर बराबर छ ।


पुष्प दुलाल