सामसुङले ल्यायो ‘ग्यालेक्सी ‘ए ५ र ए ७’, के के छन् विषेशता ?



काठमाडौं । मोवाइल निर्माता कम्पनी सामसुङले नयाँ दुई स्मार्टफोन सार्वजानिक गरेको छ । ग्यालेक्सी ‘ए ५ र ए ७’ दुई मोडल बजारमा ल्याएको हो ।

तर, यसको आधिकारीक बिक्री भने १५ मार्च अर्थात् एक हप्तापछिबाट मात्रै सुरु हुनेछ ।

भारतीय बजारमा ग्यालेक्सी ‘ए ५’ को मुल्य २८ हजार ९ सय ९० भारतिय रुपैयाँ कायम गरिएको छ भने ‘ए ७’को मुल्य ३३ हजार ४ सय ९० तोकिएको छ ।

फोटोग्रफीको लागि फ्रन्ट र रियर दुबैमा १६ मेगा पिक्सेल क्यामेरा जडान गरिएको छ भने ३००० एमएएच क्षमताको व्याट्री जडान गरिएको कम्पनीले जनाएको छ ।

यो सामसुङ ग्यालेक्सी ए सिरिजको सबैभन्दा उत्कृष्ट फोन हुने कम्पनीले दाबी गरेको छ । यो फोनमा धुलो र पानीले कुनै खराबी नहुने बताइएको छ । दुबै सेटमा दुई वटा सिमकार्ड प्रयोग गर्न सकिने छ ।

‘ए ७’मा ५ दशमल ७ इन्चको फुलएचडी एमोलेड डिस्प्ले जडान गरिएको छ भने १.९ गीगाहर्ज अक्टाकोर प्रोसेसर जडान गरिएको छ । फोनमा ३ जीबी र्याम छ भने ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । यो फोनमा २ सय ५६ जीबीसम्मको मेमोरीकार्ड लगाउन सकिने छ ।

‘ए ५’मा ५.२ इन्चको फुलएचडी एमोलेड डिस्प्ले जडान गरिएको छ । फोनमा ३ जिबी र्याम छ भने ३२ जीबी इन्टरनल मेमोरी रहेको छ । यो फोनमा २ सय ५६ जीबीसम्मको मेमोरीकार्ड लगाउन सकिने छ ।

फोटोग्राफीको लागि फ्रन्ट र रियर दुबैमा १६ मेगा पिक्सल क्यामेरा जडान गरिएको छ भने ३००० एमएएच क्षमताको व्याट्री जडान गरिएको कम्पनीले जनाएको छ ।


पुष्प दुलाल