गगन थापाले क-कसको जागिर खाए ? (सूचिसहित)



काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गर्नुका साथै पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको हो ।

उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेको लगायतका आरोप लगाउँदै उनीहरुलाई निलम्बन गरेको मन्त्रालय श्रोतले जनाएको छ ।

उनीहरुले फागुन २१ र २२ गते स्वास्थ्य मन्त्रालयबाट संचालित राष्ट्रिय पोलियो कार्यक्रमलाई असहयोग गर्नुका साथै सामाजिक संजालहरु मार्फत उत्तेजनात्मक र अराजक अभिव्यक्ति संप्रेषण गर्ने र उश्रृङ्खल कार्य गर्न प्रोत्साहन गरेका थिए ।

उनीहरुलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७८(३) बमोजिम र निजामती कर्मचारीको हकमा निजामती सेवा ऐन, २०४९ को दफा ६४ (३) बमोजिम निलम्बन गरिएको हो ।
यी हुन् निलम्बनमा परेका स्वास्थ्यकर्मीहरु

१. राजकुमार थापा को.चे.अ.पाँचौ जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर
२. सुरेन्द्रराज जोशी सि.अ.हे.ब.छैटौ बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु
३. विष्णुबहादुर क्षेत्री सि.अ.हे.ब.छैटौ मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु
४. विरेन्द्र कुमार मिश्र सि.अ.हे.ब.छैटौ बेदौली स्वास्थ्य चौकी कपिलवस्तु
५. पृथ्वीचन्द्र भगत सि.अ.हे.ब.छैटौ महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी
६. महेश पोखरेल सि.अ.हे.ब.छैटौ मधेशा स्वास्थ्य चौकी, सुनसरी
७. अनिल कुमार पाण्डेय सि.अ.हे.ब.छैटौ सिर्सिया स्वास्थ्य चौकी, पर्सा
८. राजेशप्रसाद रौनियार सि.अ.हे.ब.छैटौ सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा
९. शेषराज दाहाल सि.अ.हे.ब.छैटौ सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर
१०. देवनारायण साहु सि.अ.हे.ब.छैटौ बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी
११. छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१२. नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी
१३. टोपबहादुर थापा सि.अ.हे.ब धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ
१४. बासुदेब पोखरेल सि.अ.हे.ब देबस्थल स्वास्थ्य चौकी, सल्यान
१५. रमेश कार्की सि.अ.हे.ब.छैटौ बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग
१६. डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा
१७. सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, धनुषा
१८. संजयकुमार काफ्ले सि.अ.हे.ब.छैटौ स्वास्थ्य चौकी, सिद्राहा, मोरङ


पुष्प दुलाल