२ वर्षपछि खुल्यो एनसीसी बैंकको सेयर कारोबार



काठमाडौं । करिब २ बषदेखि बन्द रहेको नेपाल क्रेडिड एण्ड कमर्श (एनसीसी) बैंकको सेयर कारोबार सोमबारबाट प्रतिकित्ता ३ सय १३ रुपैंयाँमा खुलेको छ ।

गत बर्षको १६ प्रतिशत बोनस सेयरसमेत समायोजन गर्दा मूल्य ३ सय १३ रुपैंयाँ कायम भएको हो ।

एपेक्स डेभलप्मेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलप्मेन्ट बैंक, इन्टरनेशनल डेभलप्मेन्ट बैंक, सुप्रिम डेभलप्मेन्ट बैंकहरु सँगको मर्जर प्रक्रियाका कारण एनसीसीको कारोबार लामो समयसम्म बन्द थियो ।

लामो समयसम्म कारोबार बन्द र चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको बित्तीय बिवरण पनि उत्साहजनक नआएपछि एनसीसीका लगानीकर्तामा निराशा छाएको थियो ।

सो बिवरणअनुसार बैंकले दोस्रो त्रैमास सम्म ७ करोड रुपैंयाँ मात्र खुद नाफा कमाएको छ । साथै, निष्कृय कर्जा बढेको छ र प्रतिसेयर आम्दानी ३ रुपैंयाँ प्रतिसेयरमा खुम्चिएको छ । कारोबार खुल्नुले लगानीकर्तालाई थोरै भए पनि राहत भने दिएको छ ।

एकीकृत कारोबार शुरु भएको २ हप्ताभित्रै कारोबार शुरु गनुपर्ने द्यितोपत्र बोर्डको निर्देशन भए पनि बैंकले झण्डै अढाई महिना पछि मात्र कारोबार शुरु गरेको हो । बैंकले जनवरी १ गतेबाट एकिकृत कारोबार शुरु गरेको थियो ।

राष्ट्रबैंकले तोके बमाजीमको ८ अर्ब रुपैंयाँ चुक्ता पूँजी बनाउने सन्दर्भमा बैंकले मर्जरपछि कायम भएको पूँजीको १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको छ । बैंकको मर्जर पछि ४ अर्ब ६७ करोड रुपैंयाँ चुक्ता पूँजी छ ।

बैंकको हाल ९६ वटा शाखा, झण्डै ५ लाख ग्राहक, ६१ एटिएम छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकको निक्षेप ५४ अर्ब ३७ करोड छ भने ४८ अर्ब ६३ करोड रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।


पुष्प दुलाल