उपराष्ट्रपति पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण



काठमाडौं। उपराष्ट्रपति नन्द बहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । सो अवसरमा उपराष्ट्रपति पुनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन समेत गरेका थिए ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्सले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै उपराष्ट्रपति पुनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु