कसले कहाँ खोल्दैछन् पाँच तारे होटल ?




काठमाडौं । अन्तर्राट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पर्यटनमन्त्री जीबनबहादुर शाहीले भनेका थिए,-‘२५ वटा ५ तारे होटल थपिँदैछन् ।’

पर्यटकका लागि स्तरीय होटलको अभाब हुन नदिन तारे होटलको संख्या बढाउन लागिएको मन्त्री शाहीले लगानीकर्ताहरुलाई जानकारी गराएका थिए । त्यसको अर्थ नेपालमा पर्यटन क्षेत्रमा ठूलो संभावना छ, लगानी गर्न आउनुहोस् भनेर लगानीकर्तालाई लगानीको क्षेत्र देखाइएको हो ।

हाल नेपालमा १० वटा तारे होटल सञ्चालनमा छन् । सरकारले आगामी १० वर्षभित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पर्यटक भित्र्यउनका लागि पहिलो पूर्वाधार होे, तारे होटल । त्यसैले पर्यटकहरुको संख्या बढाउन उनीहरु बस्ने तारे होटल थप्नै पर्छ ।

कुनै भवितव्य नभए सन् २०२० सम्ममा १० वटा ठुला पाँच तारे होटल थपिने निश्चित छ । अहिलेसम्म नयाँ १८ ओटा ५ तारे होटल बन्ने प्रक्रियामा रहेकोले अवको केही वर्षपछि नेपालमा ५ तारे होटलको संख्या २८ पुग्ने पक्का छ ।

नेपालमा पर्यटकहरुको आकर्षण बढ्न थालेपछि पछिल्लो समय लगानीकर्ताहरु तारे होटलमा लगानी गर्न आकर्षित पनि देखिएका छन् । प्रमुख पर्यटकीय गन्तव्यहरुमा होटल उद्योगमा वार्षिक अर्बौंको लगानी थपिँदै आएको छ ।
काठमाडौं, पोखरा, चितवनदेखि बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर, धरान मात्र नभई धुलिखेल, नगरकोटलगायत ठाउँमा नयाँ होटल खोल्ने प्रस्पिर्धा नै देखिन्छ, व्यावसायिक घरानामा ।

भूकम्प र नाकाबन्दीका कारण झन्डै ८ महिना निर्माणकार्य ठप्प पारिएका निर्माणधीन नयाँ तारे होटलको निर्माणकार्य पनि गत असारदेखि धमाधम भइरहेका छन् ।

कुनै भवितव्य नभए सन् २०२० सम्ममा १० वटा ठुला पाँच तारे होटल थपिने निश्चित छ । अहिलेसम्म नयाँ १८ ओटा ५ तारे होटल बन्ने प्रक्रियामा रहेकोले अवको केही वर्षपछि नेपालमा ५ तारे होटलको संख्या २८ पुग्ने पक्का छ ।

नयाँ होटलहरुमा बैंकको ४५ अर्व रुपैयाँको हाहारीमा लगानी रहेको छ ।

निर्माणको चरणमा रहेका ३ तारे र ४ तारे होटलको संख्या पनि २ दर्जनभन्दा बढी छ । नेपालमा तारे होटलका ५ लाख २३ हजार ४ सय ५३ वटा रुम रहेका छन । निर्माणाधीन ५ र चारतारे होटलहरुको निर्माणपश्चात कम्तीमा ३ हजार २ सय ६२ कोठाहरु थपिनेछन् ।

पछिल्लोपटक थपिएको लगानीको आधाभन्दा बढी हिस्सा काठमाडौं एक्लैले थेगेको छ । राजधानीका ठमेल, नागपोखरी, लाजिम्पाट र नक्सालमा चारतारेदेखि पाँचतारे स्तरका आधा दर्जन होटल निर्माण भइरहेका छन् । यिनमा पुस्तौंदेखि होटल व्यवसाय गर्दै आएकादेखि होटल क्षेत्रमा पहिलोपटक लगानी गरेका व्यवसायीसम्म छन् ।
लगानीकर्ताहरुले नयाँ तारे होटलको निर्माणकार्यलाई पर्ख र हेरको अवस्थामा राखेका थिए तर अहिले सबैले काम सुरु गरेको होटल व्यवसायी योगेन्द्र साक्य बताउँछन् ।

‘पर्यटक आगमनदरमा गिरावट आउनुले लगानीकर्ता पर्ख र हेरमा रहेका थिए,’ शाक्यले क्लिकमाण्डूसँग भने ।

अहिले नयाँ होटलहरुमा बैंकको ४५ अर्व रुपैयाँको हाहारीमा लगानी रहेको छ ।

आगामी सन् २०१९ भित्रैमा नेपालमा २ वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदै छन् । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल २ वर्षभित्र पूरा हुँदैछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल बनाउँदै छ ।

गत वैशाख १ गते शिलान्यास गरिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल पनि ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि स्तरोन्नति भइरहेको छ । ३ ओटा अन्तरराष्ट्रिय विमानस्थल एकसाथ संचालन हुँदा नेपालमा पर्यटकको आगमनदर बढ्ने अपेक्षा सहित देशभर तारे होटल खोल्ने होडबाजी नै चलेको छ ।

गैरआवसीय नेपालीहरुको संस्था (एनआरएन)का अध्यक्ष शेष घले अस्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्सको शेराटन काठमाडौंको निर्माण शुरु गरेको छ । करिब ८ अर्ब रुपैयाँको लगानीमा सिंगापुरको स्टारवुड ग्रुपले व्यस्थापन सम्हाल्ने गरी २०१८ को फेब्रअरीबाट संचालनेगरी होटल निर्माण कार्य सुरु भएको थियो । तर एक वर्ष काम रोकिएपछि सन् २०१९ सम्ममा संचालन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तैगरी स्टारउडकै व्यवस्थापनमा संचालन हुने छायाँदेवी सेन्टरमा अलफ्ट काठमाडौं होटलको पनि भूकम्पपछि निर्माणकार्य रोकिएको थियो । तर अहिले काम धमाधम भइरहेको छ । यो होटल निर्माणसँगै छायाँसेन्टरले करिब ५ अर्ब रुपैयाँ खर्च गर्ने गरी होटल निर्माण कार्य सुरु गरेको हो । उक्त होटलको निर्माण कार्य अन्तिमचरणमा रहेको छ, भवन निर्माण भएको र फिनिसिङ बाँकी रहेकोले सन् २०१८ बाटै संचालनमा ल्याउने लक्ष्य राखिएको होटलका प्रर्वद्धक सुमन पाण्डे बताउँछन् ।

योगेन्द्र साक्यकै लाजिम्पाटमा एम्बासडर होटल संचालनको अन्तिम चरणमा रहेको छ ।

उद्योगपति शशीकान्त अग्रवाल नेतृत्वको एमएस समूहले नक्सालमा ५ तारे र ठमेलमा चारतारे होटल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अर्का उद्योगी मोती दुगडले विराटनगरमा ५ तारे होटल निर्माण गरिरहेका छन् ।

अष्ट्रेलियाको सिल्भर हेरिटेजले भैरहवामा पाँचतारे रिसोर्ट बनाउन थालेको छ । ३ अर्ब रुपैयाँ लगानी हुने यो रिसोर्टमा २ सय बेडरुम रहनेछन । नेपालमा बैदेशिक लगानीलाई कसरी प्रोमोट गर्ने भन्ने नीति अझै नभएकोले समस्या रहेको बताउछन सिल्भर हेरिटेजका संचालक राजेन्द्र बजगाँई ।

रुपन्देहीको भैरहवा-लुम्बिनी सडक खण्डको पर्साचोकनजिक पवनकुमार हलुवाई र रितु हलुवाईको संयुक्त लगानीमा ५ तारे होटल बनाउने काम सुरु भइसकेको छ । भैरहवामै हाल संचालनमा रहेको बोधी रेड सन होटललाई पाँचतारेमा स्तरोन्नती गर्न लागिएको छ ।

सिद्धार्थनगर होटल व्यवसायी संघका अध्यक्ष सिपी श्रेष्ठले पनि भैरहवाको बेलहियामा पाँचतारे स्तरको होटल नान्स निर्माण गरिरहेका छन् । जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले पोखराको सराङकोटमा पाँचतारे भ्यू अन्नपूर्ण होटल बनाइरहेका छन् ।

अर्बपति विनोद चौधरी र रविभक्त श्रेष्ठले कुपण्डोलस्थित होटल समिटको स्तरोन्नति र थप दुई होटलमा ६ अर्ब रुपैयाँ खर्चिने घोषणा गरिसकेका छन् ।

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले २ अर्ब लगानीमा लैनचौरमा ५ तारे होटल निर्माण सुरु गरिएको छ । होटल ली शेर्पामा १ सय २० कोठा रहने बताइएको छ । भैरहवामा पवनकुमार हलुवाई र रितु हलुवाईको संयुक्त लगानीमा पाँचतारे होटल बनाउने काम सुरु भइसकेको छ ।

घोषण गरिएका तारे होटलहरु

चौधरी समूहले ललितपुरको पुल्चोकमा, त्रिपुरेश्वरमा, बूढानीलकण्ठमा ५० कटेजसहितको लक्जरी वेलनेस रिट्रिट सेन्टर र पोखराको सराङकोटमा ५ तारे होटल बनाउने घोषणा गरेका गरिसकेका छन् । अर्को व्यावसायिक घराना सुमार्गी समूहले पनि ५ तारे होटलमा ५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरिसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले काठमाडौंमा ५ तारे होटल खोल्ने घोषणा गरिसकेका छन् ।

अर्बपति विनोद चौधरी र रविभक्त श्रेष्ठले कुपण्डोलस्थित होटल समिटको स्तरोन्नति र थप दुई होटलमा ६ अर्ब रुपैयाँ खर्चिने घोषणा गरिसकेका छन् । होटल समिटलाई ‘वल्र्डक्लास’ बुटिक होटलमा स्तरोन्नति गर्ने बताइएको छ । चौधरी समुह र एनई समुले समिटको ६० प्रतिशत शेयर खरिद गरेका छन् । ठमेलमा एनआरएन होटल समेत निर्माण गर्ने घोषणा भइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा पाँचतारे होटल बनाउँदै छ । शंकर समूहले नक्सालमा पाँचतारे होटल निर्माण गर्ने घोषणा गरेर डिजाइन समेत तयार पारिरहेको छ ।

नेपालगन्जमा सोल्टी होटलले ४० करोड रुपैयाँ खर्च गरेर चारतारे होटल निर्माण गरिरहेको छ । अर्को व्यावसायिक घराना सुमार्गी समूहले पनि पाँचतारे होटलमा ५ अर्ब लगानी गर्ने घोषणा गरिसकेको छ ।

काठमाडौं फनपार्क भ्यालीले चन्द्रागिरिमा सय कोठाको ५ तारे होटल बनाउन थालेका छन् भने केबलकार संचालमा आइसकेको छ ।


पुष्प दुलाल