भारतका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको होः राजदूत उपाध्याय



काठमाडौं । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्ययले भारतले विजुली दिएका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको बताएका छन् ।

रिपोर्टर्स क्वबले राजनधानीमा आयोजना गरेको साक्षाताकार कार्यक्रममा बोल्दै अन्तरदेशीय प्रशारणलाइन निर्माण भएको र भारतबाट ल्याइएको बिजुलीका कारण काठमाडौंमा लोडसेडिङ नभएको उपाध्ययाले दाबी गरे ।

‘भारतले हामीलाई मागअनुसारको बिजुली दिएको छ, जसकारण्उा हामीले लोडसेडिङ भोग्नु परेन,’ राजदूत उपाध्यायले भने,- ‘हामीले भारतलाई धन्यबाद दिनै पर्छ ।’

अहिले भारतसँग थप १ सय २० मेगावाट बिजुली माग गरिएको उनले जानकारी दिए ।

उर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरी लोकप्रियता कमाइरहेका बेला भारतका लागि नेपाली राजदूत उपाध्यायले भारतका कारण नेपालमा लोडसेड्रि भएको दाबी गरेका हुन् ।


पुष्प दुलाल