हुन्डाई फेसटिभ डिलाइटको विजेता घोषित, नेत्र बहादुर खड्काले पाए क्रेटा



हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेसटिभ डिलाइटू अफरको विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफरमा हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बीमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक-एक थान हुन्डाई इलाईट आई २० र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेसटिभ डिलाइटूे अफरको विजेताको घोषणा टेलिभिजनमा प्रत्येक्ष लक्की ड्र मार्फत गरिएको थियो । कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौं ले हुन्डाई इलाईट आई २० प्राप्त गरे ।

साथै कुपन नम्बर १७६८ का श्री नेत्र बहादुर खड्काले हुन्डाई क्रेटा प्राप्त गरे ।


क्लिकमान्डु