फिस्टेल हस्पिटलमा ओम डेभलपमेन्ट बैंकको एटीएम




पोखरा । ओम डेभलपमेन्ट बैंक पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा एटिएम सेवा शुरु गरेको छ ।

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवं बरिष्ठ बाल रोग विशेषज्ञ डा. भाईरत्न शाक्यले एटिएमको बिधिवत शुरुवात गरेका थिए ।

बैंकले बुटवल शाखामा पनि एटिएम सेवा शुरु गरेको छ । यसरी बैंकका हालसम्म ६ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।


पुष्प दुलाल