२५ हजार घुस लिँदालिँदै यातायातका अधिकृत पक्राउ



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था विभाग, मिनभवनका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई २५ रुपैयाँ हजार घुससहित थलोबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार शाखा अधिकृत रिजाल महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनमा विभिन्न बहानामा आज घुस रकम माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका रिजालको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


पुष्प दुलाल