जेट्लीको सुझावः प्राकृतिक स्रोतमा विदेशी लगानी भित्र्याउनुस्




काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालले प्रकृर्तिक स्रोत साधनमा विदेशी लगानी आकर्षित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्भेष्टमेन्ट समिटलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘बिदेशी लगानीकर्ताले लगानी गर्ने भनेको बढी सम्भाबना भएको क्षेत्रमा हो, नेपालको बढी सम्भाब्य क्षेत्र भनेको प्राकृर्तिक स्रोत नै हो, यो क्षेत्रमा लगानी भित्र्याउने बारेमा बढी सोच्नु राम्रो हुन्छ,’ जेट्लीले भने ।

उनले जलविद्युत, सांस्कृर्तिक र पर्यावरणीय पर्यटनमा बढी केन्द्रीत हुन पनि सल्लाह दिए ।

नेपाल र भारतको बीचमा नागरिकस्तरमा प्रगाढ सम्बन्ध रहेको भन्दै उनले खुशी र सन्तुष्ट नेपाल हेर्ने भारतको चाहना रहेको बताए । लगानी बढे पछि मात्रै राजस्व, रोजगारी जस्ता क्षेत्रको विकास भएर अर्थतन्त्रमा सुधार आउने उनको भनाइ छ ।

सम्भाब्य लगानीलाई नेपालले आकर्षित गर्न सक्नु पर्ने भन्दै उनले लगानी भित्रने र बाहिरिन सक्ने कानुनी सहजता आवश्यक हुने जेट्लीले बताए ।


क्लिकमान्डु