जनताले सिद्धार्थ डेभलप्मेन्ट बैंकको किन्ने, १:१ स्वाप रेसियो




काठमाडौं । जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैंक किन्ने (एक्वायर) गर्ने भएको छ ।

दुई बैंकबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ कायम गरिएको छ । जसको अर्थ सिद्धार्थ डेभलपमेन्ट बैंकमा १०० कित्ता सेयर हुनेले जनता बैंकमा पनि १०० कित्ता सेयर पाउँछन् ।

जनाता र त्रीवेणी बिकास बैंक मर्जर प्रक्रियामा रहेका कारण उनीहरुको सेयर कारोबार पहिले देखि नै बन्द रहेको छ ।

जनताको २ अर्ब ३० करोड रुपैंयाँ पूँजी छ । सिद्धार्थ हाल १ अर्ब ४१ करोड रुपैंयाँ पूँजी छ । बैंकले पुस मसान्त सम्म १८ करोड ६८ लाख खुद नाफा कमाएको छ । जनता बैंकले भने पुस मसान्तसम्म १६ करोड रुपैंयाँ मात्र नाफा कमाएको थियो ।

जनतालाई दुई बिकास बैकसँग मिलेपछि राष्ट्र बैंकले तोकेको न्युनतम ८ अर्ब पूँजी पु¥याउन सजिलो हुनेछ । तर, यसले जनताले जारी गर्ने भनेको ६० प्रतिशत हकप्रद भने अनिश्चित भएको छ ।


पुष्प दुलाल