युनाइटेड मोदी हाइड्रोपावरको आइपीओ खुल्यो, कहाँबाट दिने आवेदन ?



काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले बिहीबार (आज) देखि १७ करोड २५ लाख रुपैंयाँ बराबरका १७ लाख २५ हजार कित्ता साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ ।

कम्पनीको निष्काशन गरेको आइपीओ भर्न चाहनेहरुले यही फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

फागुन २३ गतेसम्ममा कम्पनीले मागेअनुसार आवेदन नपरे चैत् ३ गतेसम्म पनि आइपीओ भर्न पाइने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्सले जनाएको छ ।

आवेदकहरुले आस्वा अनुमति पाएका बैंकहरुका देशका ७३ जिल्लामा रहेका १९ सय ७१ शाखाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको उक्त सेयरमा लगानीकर्ताले कम्तिमा ५० कित्ता र बढीमा १५,००० कित्तासम्मका लागि मात्रै आवेदन दिन पाउने छन् ।

कुल १७ लाख २५ हजार कित्ता सेयरमध्ये ३४ हजार ५०० कित्ता सेयर कर्मचारीका लागि र ८६ हजार २ सय ५० कित्ता सेयर १० म्युचल फण्डका लागि छुट्याइएको एनआइबिएलले जनाएको छ । यसको मतलब सर्वसाधारणले १६ लाख ४ हजार २ सय ५० कित्ता सेयरको लागि मात्र आवेदन दिन पाउनेछन् ।

कहाँ भर्ने आइपीओ ?

लगानीकर्ताले एनआइबिएल क्यापिटल, सिबिआइएल क्यापिटल, काठमाण्डौं क्यापिटल मार्केट, भिबोर क्यापिटल, गुर्खाज फाइनान्सका केहि शाखाहरु, गुह्ेश्वरी मर्चेन्ट एण्ड बैंकिङ फाइनान्स, आइसिएफसि फाइनान्स, सिनर्जी फाइनान्स, हाम्रो बिकास बैंक, ग्रीन डेभलप्मेन्ट बैंक र साझा बिकास बैंकमा गएर आवेदन दिन सक्नेछन् ।

आवेदकहरुले आस्वा अनुमति पाएका बैंकहरुका देशका ७३ जिल्लामा रहेका १९ सय ७१ शाखाहरुबाट पनि आवेदन दिन सक्नेछन् ।

युनाइटेड मोदीले यसअघि नै ११ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावीत क्षेत्रका बासिन्दालाई बितरण गरिसकेको छ । पर्वत जिल्लामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको कुल क्षमता १० मेगावाट हो ।


पुष्प दुलाल