स्ववियुमा नेविसंघ र अखिलबीच प्रतिस्पर्धा, राप्रपा र नयाँशक्ति बराबर




काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम देशैभरबाट धमाधम आइरहेको छ । निर्वाचनको परिणाम मूलधारका राजनीतिक दल कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

बिहीबार दिउसो १ बजेसम्मको निर्वाचनको परिणाम अनुसार कांग्रेस निकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुबीच कसले उछिन्ने भन्ने प्रतिस्पर्धा छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म १ सय ३ क्याम्पसमा अनेरास्ववियु र १ सय २ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले जितेका छन् ।

नेकपा माओवादी (केन्द्र) निकट (अखिल क्रन्तिकारी)ले ४१ क्याम्पसमा सभापति पदमा विजय हासिल गरेको भने राष्ट्रिय प्रजातन्त्र पाटी निकट (प्रजातन्त्रीक विद्यार्थी संगठन) ले ३ क्याम्पसमा सभापति पदमा विजय हासिल गरेको छ ।

यसअघि ०६५ सालमा स्ववियु निर्वाचन भएको थियो । हरेक २÷२ वर्षमा हुने भने पनि ८ वर्षपछि स्ववियु चुनाव भएको हो ।

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने राजधानीका ठूला क्याम्पसमा भने विद्यार्थी संगठनहरुबीच विवाद उत्पन्न हुँदा सिर्जना भएको समस्याका कारण निर्वाचन स्थगित भएको छ ।

कसको स्ववियु सभापति कति ?

१. अनेरास्ववियु ( १०३)
२. नेविसंघ ( १०२)
३. अखिल क्रान्तिकारी ( ४१)
४. रापविसं ( ३ )
५. नयाँ शक्ति ( ३ )
६. अखिल (बिप्लव) ( २ )


पुष्प दुलाल