शान्ति र सम्मृद्धिका लागि युवाहरु एसिया भ्रमण गर्दै



काठमाडौं । संयुक्त युवा संगठनले शान्ति र सम्मृद्धिका लागि युवाहरुलाई एसिया भ्रमणमा लैजाने भएको छ । पर्यटन प्रबद्र्धनसमेत गरिने यो भ्रमणमा १३ जना युवा सहभागी हुने छन् । ती युवाले मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेशिया र कम्बोडियाको भ्रमण गर्ने संस्थाले जानकारी दिएको छ ।

संगठनका अध्यक्ष दिबाकरबाबु भट्टराईको नेतृत्वमा जाने भ्रमणमा बिनोद कुमार सिंह, गणेश मल्ल ठकुरी, सचिन अधिकारी, बिनोद पुन, अल्जिना राउत, रिता श्रेष्ठ, शुकबहादुर दमाई, ललित नेपाली, सपना सिमल, दिनेशकुमार लो, सम्झना परियार, अस्मिता लामिछाने, उमेशकुमार श्रेष्ठ छन् ।

यही फागुन २४ गतेबाट शुरु हुने सो १४ दिने यो भ्रमण मलेसियाबाट शुरु भएर चैत ८ गते थाइल्यान्डमा पुगेर सकिने संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए । भ्रमणका क्रममा युवाहरुलाई सम्बन्धित देशका विश्वविद्यालयका पदाधिकारी, त्यहाँका युवा तथा गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत छलफल र विचार आदानप्रदानको व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।


क्लिकमान्डु