चन्दलाई प्रहरी प्रमुखको फुली लगाउन सर्वोच्चले रोक्यो



काठमाडौं । सर्वोच्च अदालतले जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायधीसद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजालसले सरकारले लिखित जवाफ दिएको ३ दिनभित्र अर्को पेसी तोक्ने फैसला गरेको छ ।

सरकारले यही फागुन १ गते तेस्रो बरियताका चन्दलाई ३ वार्षे कार्यकालका लागि प्रहरी प्रमुखमा नियुक्त गरेको थियो।

पहिलो बरियतामा रहेका डीआइजी नवराज सिलवालले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानन्यायधीस सुशीला कार्कीको इजालसले चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरिएको सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएकी थिइन् ।

बुधबार फेरि सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न सरकारलाई दिएको आदेशलाई निरन्तरता दिएको हो । मुद्दाको टुंगो नलागेसम्म चन्द प्रहरी प्रमुख हुन नपाउने भएका छन् ।


पुष्प दुलाल