जागिरमा कसरी छनोट हुने ? यस्तो ‘आइडिया’ लगाउनुहोस्




काठमाडौं । नेपालमा प्रत्येक बर्ष ५ लाख मानिस श्रम बजारमा आउने गरेका छन् । तर, सरकार र निजी क्षेत्रले मुश्किलले २ लाख रोजगारी सिर्जना गर्न सकेका छन् ।

यस्तो अवस्थामा जागिर पाउनु अत्यन्तै कडा प्रतिस्पर्धा हुनु अस्वाभाविक होइन । त्यसैले जागिर खोज्दा आफु कसरी अरुभन्दा अब्बलरुपमा प्रस्तुत हुने ? भन्ने जिज्ञासा सबैमा छ ।

आज हामी तपाईंलाई साधारण जस्तो लाग्ने तर जागिर खोज्ने सन्दर्भमा निकै उपयोगी हुने केहि टिप्स दिन गइरहेका छौं । यी टिप्स अबलम्बन गर्नुभयो भने तपाई निश्चय पनि जागिरका लागि छनोट हुन सक्नुहुन्छ । र, सुरु हुन्छ तपाईँको जिबनको खुसीयाली ।

बायोडाटा बनाउन कति मेहेनत गर्नुभएको छ, त्यसले काम कति लगनका साथ गर्नुहुन्छ भन्ने झल्को दिन्छ ।

१. कम्पनीहरुको वेबसाइट वा हरेक पत्रपत्रिका चहारेर जागिर खोज्नुभन्दा रोजगारी सहजीकरण गर्ने एजेन्सीहरुको वेबसाइटमा गएर जागिर खोज्दा समयको बचत हुन्छ । अहिले नेपालमा धेरै कम्पनीहरुले कामदार भर्ना गर्ने प्राथमिक कामहरु एजेन्सीलाई नै जिम्मा दिन थालेका छन् । यसका लागि बिभिन्न ठूला एजेन्सीहरुका सूची बनाई नियमितरुपमा ती एजेन्सीहरुको वेबसाइट निगरानी राख्नु राम्रो उपाय हो । यद्यपि यदि तपाई कुनै बिशिष्ट किसिमको जागिर वा बिशेष कम्पनीमा नै आकर्षित हुनुहुन्छ भने कम्पनीको वेबसाइट नियमित हेर्ने बानी गर्नुस् ।

२. हरेक जागिरमा आवेदन दिनु राम्रो उपाय होइन । आफ्नो योग्यता पुगेको जागिरमा आवेदन दिनुहोस् । अझ राम्रो त आफुले काम गर्न चाहेको कम्पनीको सूची बनाउँदा हुन्छ । यसो हुँदा तपाईं अन्तर्वार्ताको लागि छानिन सक्ने संभावना बढी हुन्छ । अन्यथा धेरै आवेदन दिँदा पनि अन्तर्वाताको लागि नबोलाईंदा तपाईंमा नैराश्यता छाउन सक्छ ।

३. एउटा जागिरमा आवेदन दिएर कुरेर बसेको बेलामा पनि अन्य जागिरमा आवेदन दिइराख्नुस् । औसतमा एक जागिर बराबर हजारौं आवेदन पर्ने समाजमा आफ्नो योग्यता पुग्ने जागिरमा आवेदन दिएर थाक्नु हुँदैन ।

४. सबैभन्दा बढी ध्यान कभर लेटर (जागिरका लागि आफु किन र कसरी योग्य छु भनेर लेखिने चिठ्ठी) लेख्नमा दिनुहोस् । बायोडाटा भन्दा पहिले ब्यवस्थापनले कभर लेटर हेर्ने हुँदा कभर लेटरमा ध्यान दिनुहोस् । इन्टरनेटमा कभर लेटर कसरी लेख्ने भन्ने सूचना धेरै पाइन्छ ।

जनसम्पर्क पनि जागिर खोज्ने अर्को सशक्त उपाय हो । तपाईंले कल्पनै नगरेको मानिसले पनि जागिर भेट्न ठूलो मद्दत गर्नसक्छ । त्यसैले मानिसहरु सँगको सम्बन्धलाई बिशेष ध्यान दिनुस् ।

५. वायोडाटा बनाउनमा पनि बिशेष ध्यान दिनुहोस् । ब्यवस्थापनले तपाईंको बायोडाटामा मुश्किलले १५ सेकेण्ड दिने र त्यहि १५ सेकेण्डमा अन्तर्वार्ताका लागि बोलाउने वा नबोलाउने निर्णय गर्ने हुँदा बायोडाटामा एकदम मेहेनत गर्नुपर्छ । बायोडाटा बनाउन कति मेहेनत गर्नुभएको छ, त्यसले काम कति लगनका साथ गर्नुहुन्छ भन्ने झल्को दिन्छ ।

६. बायोडाटा बनाउँदा आफ्नो सम्पूर्ण अनुभवहरु लेख्न जूरुरी छैन । धेरै सूचना दिएरमात्र ब्यवस्थापनलाई आकर्षित गर्न सकिंदैन । चाहिनेभन्दा बढी अनुभव प्रत्युपादक हुनसक्छ ।

७. पछिल्लो कामपछि लामो समय खाली बस्नु भएको छ भने त्यो समयमा गरेका स–साना कामहरु पनि उल्लेख गर्नुहोस्, ताकि लामो समय खाली र बेकम्मा भएर बसेको जस्तो नहोस् । फुल टाइम जागिरबाट मात्र अनुभव प्राप्त हुन्छ भन्ने छैन ।

८. अन्तर्वार्तामा जाँदा लुगामा बिशेष ध्यान दिनुहोस् । पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भनिन्छ । तपाईं बोल्न शुरु नगरुन्जेल तपाईंको बाहिरी आवरणले नै हो ब्यवस्थापनलाई प्रभाव पार्ने ।

९. आफु जस्तो हुनुहुन्छ, त्यही रुपमा प्रस्तुत हुनुहोस् । घोकेको जस्तो लाग्ने उत्तर, नक्कली हाँसोलगायत प्रत्यु्पादक हुन सक्छन् । कम्पनीले आफुले भर्ना गर्न लागेको कर्मचारीलाई चिन्न चाहन्छ । आफुलाई राम्रो सँग चिनाउनुहोस् ।

१०. रोचक कथा भने जसरी आफ्ना अनुभव र सीपहरु बताउनु राम्रो उपाय हो । यसले अन्तर्वार्ताकारहरुको ध्यान तपाईंतर्फ खिच्न मद्दत पुर्याउँछ । आफुले गरेका समस्या समाधानहरुलाई रोचक ढंगले आफ्नो सीप र क्षमतासँग जोड्ने प्रयास गर्नुस् ।

११. आफ्नो पुरानो कम्पनी वा ब्यवस्थापनका बारे नराम्रो नबोल्नुस् ।

१२. अन्तर्वार्तापछि धन्यबाद दिन बिर्सन हुँदैन । साथै, अन्तर्वार्तापछि फलोअप गर्नु पनि राम्रो उपाय हो । यसले तपाईंको जागिरप्रतिको रुची वा आशक्ति देखाउँछ ।

१३. जनसम्पर्क पनि जागिर खोज्ने अर्को सशक्त उपाय हो । तपाईंले कल्पनै नगरेको मानिसले पनि जागिर भेट्न ठूलो मद्दत गर्नसक्छ । त्यसैले मानिसहरु सँगको सम्बन्धलाई बिशेष ध्यान दिनुस् ।

१४. सिफारिस (रेफरेन्स)को पनि ठूलो भुमिका हुन्छ । ब्यवस्थापनले रेफरेन्स चेक गर्ने हुँदा यो महत्वपूर्ण छ । आफ्ना हाकिम, सहकर्मी, क्लाइन्ट आदिको रेफरेन्स बनाउनुस् ।


पुष्प दुलाल