कृषि मन्त्रीले भने- भाते बानी छाड्नुहोस्



काठमाडौं । कृषि मन्त्री गौरीशंकर चौधरीले धेरै भात खानु स्वास्थ्यका लागि हानिकारक भएको बताएका छन् । राजधानीमा सुरु भएको खाद्य मेला–२०७३ को उदघाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

‘नेपालीहरुले साँझ विहान दुबै खानमा भातको प्रयोग अधिक गर्ने गरेका छन्, भात धेरै खानु स्वस्थ्यका लागि फाइदाजनक छैन । र, त्यो बानी परिवर्तन गर्न आवश्यक छ,’ उनले भने ।

‘परम्पागत, पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रबद्धर्न गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ खाद्य मेला आयोजना गरिएको हो ।

खाद्य प्रविधि तथा गण नियन्त्रण विभागका महानिर्देशक सचिव कर्णले खाद्य सम्बन्धी जनचेतना फैलाउने उदेश्यले मेला आयोजना गरिएको बताए ।

राष्ट्रिय उपभोक्ता महांसघका अध्यक्ष प्रेमलाल महर्जनले उपयोग्य खाद्य प्रर्दाथको विषयमा उपभोक्ता आफै सचेत हुनुपर्ने बताए ।

‘अहिलेका अभिवाभक अल्छि हुँदा बच्चाहरुमा जंग फ्रुटको लत बस्ने गरेको, घरमै उपलब्ध खाने कुरा खाजाको रुपमा बच्चालाई खुवाउन सके बच्चाहरु स्वस्थ्य हुनेछन्,’ महर्जनले भने ।

कृषि विकास मन्त्रालयका सहसचिव योगेन्द्र कार्कीले खाद्य सम्बन्धीत जनचेतना मुलक कार्यक्रम स्कुल स्थरबाटै सुरु गर्नुपर्ने धारण राखे ।

मेला विभिन्न जम्लाको सिमी, फ्रुट केक, बंगुरको मासु, मःमलगायत ८० वटा खाद्य स्टलहरु रहेका छन् ।


पुष्प दुलाल