हिमालयन एयरलाइन्सले नयाँ जहाज भित्र्यायो, अप्रिलदेखि उडान भर्ने



काठमाडौं । हिमालय एयरलाइन्सले शुक्रबार नयाँ बिमान भित्र्याएको छ । एयरलाइन्सले जर्मनीबाट उडाएर एयर बस ए ३२०९१२४ जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो ।

हिमालयन एयरलाइन्ससँग हाल वटा एयरबस छन् । जसबाट कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।

अब साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनको बेइजिङ तथा ल्हासा र छेङ्दुमा प्रत्यक्ष उडान गर्ने योजना रहेको बताएको कम्पनीले जनाएको छ

कम्पनीले एकवर्कभित्रै वाइड बडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना पनि बनाएको छ । हिमालयन एयरलाइन्स नेपाल-चीन सँयुक्त लगानीमा सञ्चालित एयरलाइन्सले हो ।

एयरलाईन्सका अध्यक्ष झाओ गुओकिङ्ग, प्रशासन उपाध्यक्ष विजय श्रेष्ठलगायत कम्पनीका उच्च अधिकारीहरुसहितको टोलीले एयरपोर्ट पुगेर नयाँ जहाजको स्वागत गरेका थिए ।

‘२०१७ साल हिमालय एअरलाईन्सको लागि उपलब्धिमूलक रह्यो किनकि यस एयरलाईन्सले २ वटा नयाँ जहाज भित्र्याएर २ वटै नयाँ गन्तव्य क्वालालम्पुर र याङ्गगुन उडान सुरुवात गर्यो,’ प्रशासन उपाध्यक्ष श्रेष्ठले भने,– ‘अब तेस्रो जहाज ए-३२० को आगमनसँगै हामीले उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगतमा मजबूत तुल्याउने योजना बनाएका छौं ।’

कुल १५८ सिट क्षमता रहेकोे यो नयाँ जहाज सानो आकारको छ । यसलार्ई सिट संंरचनाको हिसाबले २ वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० सिट इकोनोमी क्लासको रहेको छ ।

थपिएको नयाँ जहाजले अप्रिल अर्थात आगामी हप्ताबाट उठान भर्ने कम्पनीले जनाएको छ । दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, वैङ्गक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन भइरहेका क्षेत्रहरुमा पनि सेवा प्रदान गर्नेछ ।

०१४ मा स्थापितयस एअरलाईन्स्ले मे ३१, २०१६ देखि कतारको दोहामाआफ्नो सिधानियमित उडान सुरु गरेको थियो । हाल एअरलाईन्स्ले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ ।


पुष्प दुलाल