एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल ७ विकेटले विजयी



काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल विजयी भएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको हो।

ऐरीको छक्कासँगै हङकङले दिएको २ सय १५ रनको चुन‌ौती नेपालले ३ विकेटको क्षतिमा ‍‌‌४२.२ ओभरमा २२० रन बनाउदै पूरा गरेको हो।

नेपालको जितमा ३ खेलाडीले अर्धशतक बनाएका छन् । कप्तान ज्ञानेन्द्र मल्ल ७०, शरद भेषवाकर ५५ र दीपेन्द्र सिंह ऐरीले ६० रन बनाएका थिए ।

बलिङतर्फ नेपालका लागि अभिनाश कर्णले ३ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, भुवन कार्की र शुशान भारीले २/२ तथा सन्दिप लामिछानेले १ विकेट लिए ।

पाकिस्तान र बंगलादेशका यु–२३ टिमसँग पराजित हुँदै नेपाल यसअघि प्रतियोगिताबाट बाहिरिइसकेको छ ।


पुष्प दुलाल