एक महिनामा ४ अर्ब निक्षेप र १ अर्ब कर्जा थपियो



काठमाडौं । बैकिङ प्रणालीमा एक महिनामा ४ अर्ब रुपैयाँ निक्षेप तथा १ अर्ब रुपैयाँ कर्जा थपिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रवार सम्ममा २८ वटा वाणिज्य बैंकसँग १९ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यस्तै कर्जा रकम १६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ ।

एक महिना अगाडि बैंकहरुसँग १९ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने १६ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा रहेको हो । राष्ट्र बैंकको तथ्यांकले प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप र १ अर्ब रुपैयाँ कर्जा थपिएको हो । गत शुक्रबारसम्म स्वदेशी मुद्रामा १८ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप थियो ।

एक महिना अगाडिको तुलनामा बैंकहरुमा लगानी योग्य रकम(तरलता) केही सहज भएपनि ब्याजदर भने घटेको छैन ।


क्लिकमान्डु