एकै क्लिकमा खाना अर्डर, कार्यकक्षमै आइपुग्छ १३० रेष्टुरेन्टको भेराइटी
काठमाडौं । कम्प्युटरमा आँखा डुलाउनु, माउसमा औंला खेलाउनु र फोन र अन्य ग्याजेट्सहरुमा घोइरिनु आजका युवाहरुको दैनिकी नै भएको छ । इन्टरनेटको आबिष्कारपछि संभव भएका फेसबुक, ट्विटर, इस्टागाम जस्ता सामाजिक संजालहरुले अहिलेका युवाहरुको ध्यान खिचेको छ ।
तर, केही सिर्जनशील र जाँगरिला मानिसहरुले इन्टरनेटलाई समय बिताउने थलोको रुपमा मात्र नलिएर ब्यवसायकै बिकास गर्न थालेका छन् ।
खाना तथा खाजा डेलिभरी गर्ने कम्पनी ‘फुडमाण्डु’ एउटा त्यस्तै उदाहरण हो । यस कम्पनीको कुनै रेष्टुरेन्ट वा सो खालको कुनै भौतिक पूर्वाधार छैन । छ त केवल, काठमाण्डौंका नाम चलेका करिब १ सय ३० वटा रेष्टुरेन्टहरुको संजाल ‘अर्डर कन्र्फम’ गर्ने र खाना ओसारपसार गर्ने कर्मचारीहरु र ती सबैलाई एउटै प्रणालीमा जोड्ने प्रबिधि ।
‘शुरुका दिनहरु त कस्ता भने दिनभर एउटा पनि अर्डर नआउँदा आज बोनी त गर्नैपर्यो भन्दै हामी आफैं खाना अर्डर गर्थ्र्यौं,’ अधिकारीले भने ।
मानव जिवनलाई सहज र छिटो बनाउने आबिष्कारहरु नै वास्तवमा प्रबिधि हुन् । समाज बिकासको बिभिन्न चरणहरुमा बिकास हुने प्रबिधिहरुले ब्यवसायको पनि धेरै अवसरहरु खोल्दै जान्छन् ।
तर, जब प्रबिधिहरु पुराना हुँदै जान्छन्, प्रतिस्पर्धा तीब्र हुन थाल्छ । र, मानिसहरु पनि त्यो प्रबिधि सँग अभ्यस्त हुन थाल्छन् । यस्तो समयमा बिकास हुने नयाँ प्रबिधिहरुले फेरी संभावनाको ढोकाहरु खोल्न थाल्छन् । यो नै प्रबिधिको बिकास, मानव समाजको बिकास र ब्यवसायीक अवसरहरुको सम्बन्धको चक्र हो ।
पछिल्लो आधा शताब्दीको सबैभन्दा ठूलो मानव आबिष्कार हो इन्टरनेट । त्यो भन्दा पहिले अन्य प्रबिधिहरु र उद्योगहरुको दबदबा थियो बिश्वमा । कोकाकोला, सोनी, टोयोटाहरु बिश्वका ठूला कम्पनीहरुमा गनिन्थे ।
तर, पछिल्लो समयमा बिश्वका ठूला कम्पनीहरुमा इन्टरनेट सम्बन्धी कम्पनीकै बर्चश्व छ । माइक्रोसफ्ट, फेसबुक, एप्पल, सामसुङ, अलिबाबा जस्ता कम्पनीहरु केही उदाहरण हुन् । इन्टरनेट नै यी सबै कम्पनीहरुको तीब्र बिकासको सबैभन्दा ठूलो अंशियार हो ।
यस्तै इन्टरनेटले खोलेको अवसरको ढोकाभित्र पसेर छामछुम गर्दै ब्यवसायीक संजाल निमार्ण गर्दै गरेको कम्पनी हो फुडमाण्डु ।
मानव जिवनलाई सहज पार्ने खालका धेरै सेवा सुबिधाहरुको प्रशस्त ब्यवसायीक संभावनाहरु हुनसक्छन् । मनोहर अधिकारी र उनले परिकल्पना गरेको फुडमाण्डु यसैको एउटा उदाहरण हुन् ।
‘फुडमाण्डु डट कम’ यस ब्यवसायको सबैभन्दा ठूलो भौतिक पूर्वाधार हो । यहाँ काठमाण्डौंका बिभिन्न रेष्टुरेन्टहरु र तीनका मेनुमा रहेका हजारौं खानाहरु उपलब्ध छन् । कार्यालयमा काम गर्दै गर्दा वा घरमै बस्दा ‘फुडमाण्डु डट कम’ भित्र पसेर आफुलाई मनपर्ने रेष्टुरेन्टको मनपर्ने खाना अर्डर गर्न सकिन्छ । अर्डर गरेको ४५ (नियन्त्रण बाहिरको अवस्था आइनपरेमा) मिनेटमै तपाईंको टेबुलमा वा घरको ढोकामै खाना आइपुग्छ ।
तीन चरणमा सेवा
ग्राहकको अर्डरदेखि खाना डेलिभरीसम्म तीन चरणका कामहरु हुने डिजिटल मार्केटिङका रोशन कलाउनी बताउँछन् ।
‘पहिलो चरणमा ग्राहकले हालेको अर्डर भेरिफाई गर्न ग्राहकलाई फोन गरिन्छ । दोस्रोमा ग्राहकको लोकेसन र खाना अर्डर गरेको रेष्टुरेन्ट को दुरी हेरी नजिकै रहेको डेलिभरी स्टाफ खटाउने काम हुन्छ,’ कलाउनीले भने,- ‘तेस्रोमा रेष्टुरेन्टमा फोन गरेर खाना तयार गर्न लगाउने र डेलिभरी स्टाफ त्यहाँ पुगेर ग्राहकको लोकेसनमा खाना पुर्याउने काम हुन्छ ।’
यस प्रक्रियामा ‘फुडमाण्डु डट कम’ वेबसाइटको ‘ब्याक्एण्ड’ को प्रबिधि र डेलिभरी स्टाफहरुको ‘लोकेसन ट्रेस’ गर्ने जिपिएस सिस्टमको प्रमुख भुमिका रहन्छ । यी प्रबिधि चुस्त छन् ।
‘वेबसाइटको ब्याकएण्डले अर्डर ब्यवस्थापनमा सहयोग पुर्याउँछ । र, खाना ठीक समयमा डेलिभरी गर्न बिभिन्न ठाउँहरुमा छरिएर बसेका डेलिभरी स्टाफहरुलाई खटाउने काम गर्न जिपिएस ट्र¥याकर सिस्टमको महत्वपूर्ण भुमिका हुन्छ’ उनले भने ।
कति छन् कर्मचारी ? कतिलाई सेवा ?
कम्पनीमा अर्डर ब्यवस्थापन गर्न र प्रसाशनिक काम गर्न २० जना र डेलिभरी गर्न ३० जना कर्मचारी रहेका छन् । ११:०० बजे देखि ८:३० बजेसम्म अर्डर लिने फुडमाण्डुले दैनिक औसतमा १५० देखि २०० वटासम्म अर्डरहरु लिने गर्छ । अर्डरहरु औसतमा १५०० देखि २००० रुपैंयाँसम्मको हुने रोशन बताउँछन् । कम्पनीले रेष्टुरेन्टहरु बाट कुल मुल्यको निश्चित प्रतिशत कमिशन लिने गर्छ ।
ती दिन…
५०औं जना कर्मचारी दैनिक सयौं अर्डर र लाखौंको कारोबार गर्ने अवस्थामा फुडमाण्डु एकै रातमा आइपुगेको होइन ।
‘शुरुवाती दिनहरुमा त रेष्टुरेन्टहरुले नै बिश्वास गर्दैनथे । इन्टरनेटको सिमित पहुँच र नेपालमा आफैंमा फरक सेवा दिने कम्पनी भएका कारण गा्रहकहरुको बिश्वास जित्न पनि निकै कठिन भयो,’ संस्थापक एवं प्रमुख कार्यकारी मनोहर अधिकारी बताउँछन् ।
अधिकारी सन् २००१ ताका काठमाण्डौं कै एक आइटी कम्पनीमा काम गर्थे । उनको कार्यालय त्यस्तो ठाउँमा थियो, जहाँबाट दिउँसोको खाजा खान २०/२५ मिनेट हिँड्नुर्पथ्यो ।
‘खाजा खाएर अपिस फर्किंदा डेढ/दुई घण्टै लाग्थ्यो,’ उनले स्मरण गरे ।
जब उनले सन् २०१० तिर आफ्नै ‘इ कर्मश’ को केही ब्यवसाय शुरु गर्ने निधो गरे, तब उनको केही बर्षअघि जागिर खाँदै गर्दा भोगेको अप्ठ्यारा दिनहरुको स्मृतीको पोको खुल्यो । र, त्यही स्मृतीको पोको ले सन् २०१० मा अनलाइनमा अर्डर लिई खाना डेलिभरी गर्ने नयाँ ब्यवसायको खाका कोर्न सघायो ।
मनोहरले सन् २०१० मा ‘आधा कोठामा’ फुडमाण्डुको कार्यालय खोलेका थिए । ‘शुरुका दिनहरु त कस्ता भने दिनभर एउटा पनि अर्डर नआउँदा आज बोनी त गर्नैपर्यो भन्दै हामी आफैं खाना अर्डर गर्थ्र्यौं,’ अधिकारीले भने ।
उनले ६ बर्षअघि आधाकोठामा खोलेको त्यही फुडमाण्डुको कार्यालय अहिले नक्सालमा झण्डै २००० बर्ग फिटको कार्यालयमा सरेको छ । फुडमाण्डुले जतिजति आफ्नो सेवा बिस्तार गर्दै जाने छ, त्यतीत्यती कार्यालयहरु साना हुँदै जानेछन् ।
कहाँ कहाँ पाइन्छ सेवा ?
अहिले फुडमाण्डुले काठमाण्डौंको चक्रपथभित्र र राम्रो बाटोघाटो भए चक्रपथ बाहिरका केहि स्थानहरुमा आफ्नो सेवाहरु उपलब्ध गराइरहेको छ । खानार खाजाको पैसा रेष्टुरेन्टको मेनु भन्दा फरक पर्दैन । डेलिभरी चार्ज भनेर सामान्यतः ५० रुपैंयाँ लाग्छ । रेष्टुरेन्ट र लोकेसनको दुरी र अर्डरको कुल रकमले यसमा तल–माथि पर्नसक्छ ।
मःम, पिज्जा र बिर्यानी लोकप्रिय
खानाको हकमा भने मःम, पिज्जा र बिर्यानी बढी रुचाइने परिकारहरु भएको रोशन बताउँछन् । बिदेशी र अन्य बिशेषता भएका खानेकुराहरु पनि ग्राहकका रोजाइमा पर्ने गरेका छन् ।
‘कुनै पनि रेष्टुरेन्ट फुडमाण्डुको संजालमा आउन सक्छ, तर रेष्टुरेन्टको ब्यवस्थापन र खानाको बिशेषता भने राम्रो हुनुपर्छ,’ उनी भन्छन् ।
पछिल्ला दिनहरुमा फुडमाण्डुले हरिया अर्गानिक साग–सब्जी र डेरी उत्पादनहरुको पनि अनलाइन मार्फत बिक्री शुरु गरेको छ ।
आगामी योजना
‘आगामी दिनहरुमा ब्यवसायलाई थप बिस्तार गर्दै लाने योजना छ,’ मनोहर भन्छन् ।
नेपालमा मोबाइल फोन र इन्टरनेटको बिस्तार सँगै सूचना प्रबिधिको अध्ययन, अनुसन्धान र प्रयोगहरु तीब्र गतिमा बढ्दै गएको छ । ठूलो संख्यामा युवा र प्रौढहरु इन्टरनेटको पहुँचमा छन् भने सूचना प्रबिधिका बिज्ञहरु पनि त्यतिनै उत्पादन भइरहेका छन् ।
यस्तो अवस्थामा मानव जिवनलाई सहज पार्ने खालका धेरै सेवा सुबिधाहरुको प्रशस्त ब्यवसायीक संभावनाहरु हुनसक्छन् । मनोहर अधिकारी र उनले परिकल्पना गरेको फुडमाण्डु यसैको एउटा उदाहरण हुन् ।