एनबीआईले आर्थिक पत्रकारलाई तालिम दिने, सेजनसँग समझदारी



काठमाडौं। आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच मंगलवार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार एनबीआईले वार्षिकरुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ ।

त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ ।

समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु