रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड



काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५, साउदी अबरमा ३, मलेसियामा र दुबईमा १ जनालाई मृत्यु दण्डको फैसला सुनाइएको हो ।

त्यतिमात्रै होइन, विभिन्न देशमा अन्य १४ जना नेपाली मृत्युदण्डको फैसलाको पर्खाइमा छन् ।

त्यसैगरी, विभिन्न देशमा अन्य घटनामा दोषी ठहरिएर २ सय ३१ जना नेपाली जेल परेका छन् । जेल पर्नेमध्ये २ सय १९ जना पुरुष र १२ जना महिला छन् । जेलपर्नेमध्ये २२ जना आजिबन जेल परेका हुन् ।

देशगतरुपमा हेर्दा साउदीमा ७६, कुवेतमा ६१, कतारमा ५०, युएईमा १९, मलेसियामा १३, बहराइनमा ६, ओमानमा ३, कोरियामा २ र इजरायलमा १ जना जेलमा रहेका छन् ।

कुबेतस्थित नेपाली दूताबारअनुसा त्यहाँ थप ५ जनालाई मृत्युदण्डको सजाय हुनसक्ने देखिन्छ । किनभने ५ नेपाली लागुऔषध कारोबारको मुद्दा खेपिरहेका छन् । कुवेतमा लागुऔषध विरुद्व निकै कडा कानून छ ।

त्यसैगरी, साउदीमा पनि थप ८ जनालाई मृत्युदण्ड हुन सक्ने त्यहाँको दूतावासले जनाएको छ । ६ जना हत्या र २ जना ट्राफिक दुर्घटनाको अभियोगमा मुद्दा खेपिरहेका छन् ।

त्यस्तै, दुबईमा थप तीन वटा हत्या अभियोगमा मुद्दा चलिरहेकाले मृत्युदण्ड हुनसक्ने छ ।

नेपाल फर्काउन समस्या

सरकारले विदेशमा मृत्युदण्ड सुनाइएका नेपालीलाई व्लडमनि तिरेर फर्काउने योजना नबनाएको पनि होइन । ब्लडमनिका लागि सरकारले २१ करोड ४५ लाख ३५ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यो बजेटको अभाव पनि छैन ।

तर, नेपालीलाई नै मारेको अभियोगमा मृत्युदण्ड सुनाइएको हुनाले उनीहरुलाई नेपाला फर्काउन समस्या परेको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।


पुष्प दुलाल