चैत १५ देखि दैनिक ६ घण्टा नारायणघाट-मुग्लिन सडक बन्द हुने



काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्डमा अर्को सातादेखि दैनिक ६ घण्टा सवारी आवत-जावतमा रोक लगाइने भएको छ ।

विश्व बैंकको ऋण सहयोगमा सन्चालित नारायणघाट-मुग्लिङ्ग सडक खण्ड सुधारका लागि चैत १५ देखि बिहान १० बजेदेखि ४ बजेसम्म एम्बुलेन्स बाहेक अन्य सवारी साधन रोक्नेबारेमा आयोजनाले सार्वजनीक सुचना प्रकाशित गरेर जानकारी दिएको छ ।

हाल सो सडक खण्डमा बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा ३० मिनेट सडक बन्दगरी निर्माण कार्य भइरहेको छ ।

निर्माण कार्यलाई थप तिब्रता दिनका लागि भन्दै आयोजनाले चैत १५ गतेदेखि अर्को सुचना प्रकाशित नहुन्जेलसम्मका लागि दैनिक ६ घण्टा सडक बन्द गरेर निर्माण कार्य गर्ने जनाएको छ ।


पुष्प दुलाल