अब एनसेलबाट सित्तैमा ट्वीटर चलाउन नपाइने



काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २ वर्ष अघिदेखि दिँदै आएको निःशुल्क ट्विटर सेवा बन्द गर्ने भएको छ । आगामी चैत १२ गतेबाट एनसेलले आफ्नो फ्रि ट्वीटर सेवा बन्द गर्ने घोषणा गरेको हो ।

चैत १२ गते ट्विटरसँगको निःशुल्क सेवाबारे सम्झौता सकिने भएकाले एनसेलले निःशुल्क ट्वीटर सेवा बन्द हुने भएको हो ।

त्यसैगरी, एनसेलले निःशुल्क विकिपिडिया सेवा पनि बन्द गर्ने जनाएको छ ।एनसेलले २०१४ देखि नै फ्री ट्विटर सेवा दिँदै आएको थियो । फेसबुकसँगको सहकार्यमा केही महिनायता एनसेलले आफ्ना प्रयोगकर्तालाई फ्रि फेसबुक सेवा दिन थालेको छ ।


पुष्प दुलाल