हरेक दिन साढे १२ देखि साढे १ बजेसम्म चन्द्रागिरी केबलकार बन्द हुने



काठमाडौं । अब हरेक दिन एक घन्टा चन्द्रागिरी केबलकार बन्द हुने भएको छ । चन्द्रागिरी हिल्स प्रालिले दिएको जानकारी अनुसार दिउसो साढे १२ बजेदेखि साढे १ बजेसम्म चन्द्रागिरीमा केबलकार चल्ने छैन ।

हिल्सले चैत ६ गतेदेखि लागुे दिउसो एक घण्टा लन्च ब्रेकको व्यवस्था लागु गरेको हो ।

कम्पनीमा कार्यरत कर्मचारीहरुको खाना खाने समय एवम् केबलकारको इन्जिनलाई समेत केहि समय रेस्ट दिनुपर्ने भएकाले यस्तो व्यवस्था लागु गरिएको हो ।

यो व्यवस्था सार्वजनिक विदाका दिन तथा शनिबार लागु हुनेछैैन । केबलकारबाहेक चन्द्रागिरि हिल्स परिसरमा रहेका अन्य सेवाहरु (रेस्टुरेन्ट, बार, वालउद्यान) नियमति संचालन हुनेछन् ।

स्थापनादेखि नै चन्द्रागिरि हिल्स व्यवस्थापनले विहानदेखि साँझ ५ बजेसम्म केबलकार नियमित रुपमा संचालन गर्दै आएको थियो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यो कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथालगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिने छ ।


पुष्प दुलाल