विकासले जिते हुन्डाई ओपन गल्फको उपाधी




काठमाडौं । विकास शाहले सातौ हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधी जितेका छन् ।

गोकर्ण गल्फ रिसोर्टमा आयोजना भएको प्रतियोगितामा सर्वाधिक ३९ स्कोर गर्दै शाहले उपाधी जितेका हुन् ।

उनले १ लाख बराबरको गिफ्ट भौचर पाएका छन् । यस्तै प्रतियोगिताको उपविजेता आङनोर्बु शेर्पा भएका छन् । उनले ५० हजार रुपैयाँको गिफ्ट भौचर पाए ।


क्लिकमान्डु