एसइईको पहिलो दिन एकै जिल्लाबाट ९ बोरा चिट बरामद




महोत्तरी । बिहीबारबाट देशभर कक्षा १० को (एसइई) परीक्षा सुरु भएको छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद भएको छ ।

परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा ९ बोरा चिट बरामद भएको छ ।

परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट ९ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ । रासस


पुष्प दुलाल