केयुकेलको अध्यक्षमा भट्टराई



काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयुकेल) काे अध्यक्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव एवम् लिमिटेड सञ्चालक समितिका सदस्य घनश्याम भट्टराई नियुक्त भएका छन् ।

समितिको बिहिबार बसेको बैठकले सर्वसम्मत रुपमा भट्टराईलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

केयुकेएलका अध्यक्ष सुरेशकुमार बस्नेतले पदबाट दिएको राजीनामा स्वीकृत गरी रिक्त पदमा सहसचिव भट्टराईलाई नियुक्त गरिएको हो ।

भट्टराई मेलम्ची खानेपानी अायाेजनाकाे कार्यकारी निर्देशन पनि हुन् ।


पुष्प दुलाल