विश्व बैंकको टोलीद्वारा चन्द्रागिरि भ्रमण




काठमाडौ । विश्व बैंकका कार्यकारी निर्देशक अदीन हदियान्तोले चन्द्रागिरि हिल्स अनौपचारिक भ्रमण गरेका छन् । निर्देशक हदियान्तोले नेपालको निजी क्षेत्रको लगानीमा निर्माण गरिएको चन्द्रागिरि हिल्स नमुनायोग्य परियोजना भएका बताए ।

यस्ता धेरै परियोजना निर्माण गरेर नेपालको पर्यटन उधोगलाई प्रवद्र्धन गर्दै लगेमा राष्ट्रले आर्थिक विकास हासिल गर्ने उनले धारणा राखेका थिए ।

भ्रमण टोलीमा विश्व बैंकका नेपाल स्थित प्रतिनिधि रेहन रसिदे पनि उपस्थिीत थिए ।


क्लिकमान्डु