फ्याक्ट्स वर्ष पुस्तकको तेस्रो संस्करण सार्वजनिक



काठमाडौं । फ्याक्ट अफ नेपालले तथ्यांक सम्बन्धित तेस्रो पुस्तक सार्वजनिक गरेको छ । गत वर्ष सुचनागत दृश्यचित्र (इन्फोग्राफिक्स)को लागि विभिन्न क्षेत्रहरुबाट तथ्यांक संकलन गरिएको थियो ।

अत्यन्त सरल र जानकारीमूलक ढङ्गबाट प्रस्तुत गरिएको यस प्रकाशनमा कृषि, अर्थतन्त्र, राजनीति लगायतका कुल १९ खण्डहरु समेटिएका छन् ।

प्रकाशनले गतवर्षपनि क्षेत्रहरूको को क्षेत्रगत अवस्था र साथ-साथै अन्तरराष्ट्रिय मामिलाकोे विश्लेषणात्मक चित्रण गर्ने प्रयास गरेको छ । पुस्तकको मुल्य ३ सय रुपैयाँ रहेको छ ।

इन्टरनेटमा वि रिड मोबाइल मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेर पनि पढ्न सकिने छ ।


क्लिकमान्डु