चैत १६ र १७ गते काठमाडौंमा मानव संसाधन भेला



काठमाडौं । यही चैत १६ र १७ गते काठमाडौंमा मानव संसाधनसम्बन्धी १०औं भेला अर्थात् एचआर मिट हुने भएको छ ।

‘एचआर फर अल, अल फर एचआर’ भन्ने नारासहित भेला गर्न लागिएको एचआर मिट ०१७ संयोजन समितिका अध्यक्ष मोहन ओझाले जानकारी दिए ।

भेलामा निजी क्षेत्र, सरहकारी, अर्धसरकारी, गैरसरकारी संघ संस्थालगायत अन्य विभिन्न संघसंस्थाबाट २ सय ५० भन्दा बढीको सहभागिता आयोजकको अपेक्षा छ ।

भेलामा प्रमुख वक्ताका रुपमा भारतका टिभिआरएलएसका अध्यक्ष प्रो. डा. टिभि राव र फ्याकल्टी अफ जेभियर लेभर रिलेसन इन्स्टिच्युट्का प्रो.डा आइएसएफ राज रहने छन् ।

दुई दिने कार्यक्रमा स्वदेशी तथा विदेशी विज्ञले पनि प्रस्तुति रहने छ । साथै, कार्यकारी निर्देशक तथा मानव संसाधन विज्ञबीच नेपाली परिपेक्षमा मानव संसाधनको अवस्थाबारे छलफल हुनेछ ।


पुष्प दुलाल