अब वडा कार्यालयबाट तिरो तिर्न सकिने



काठमाडौं । अबदेखि भूमि अर्थात् घरको (तिरो) वडा कार्यालयबाट तिर्न सकिने भएको छ । यसअघि तिरो तिर्नका लागि नगरपालिकाले तोकेको केन्द्रिय कार्यलय जानुपथ्र्यो ।

संविधान धारा २ सय ९५ को उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिका जिल्ला सभामा निर्वाचित प्रतिनिधि बहाल नभएसम्म स्थानीय निकायबाट तत्काल सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने हुँदा मन्त्रिपरिषद्ले २०७३ फागुन ९ गतेको निर्णय अनुसार स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको संख्या र सीमाना कायम भएको मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा ३०२ को उपधार (१) सो आदेश जारी गरिएको हो ।

सो व्यवस्था लागु भएपछि स्थानीय तह स्थानीय निकायको रुपमा काम गर्न सक्ने भएको छ । जनतालाई सहज र सरल माध्यबाट सेवा दिनका लागि सो व्यवस्था गरिएको हो ।

गाउँपालिका वा नगरपालिकाका वडाले प्रचलित कानुनको अधीनमा रहेर विभिन्न कर उठाउन सक्ने छन् ।

महानगरपालिकाका अनुसार मालपोत तथा भूमि, व्यवसाय, घर बहाल, विज्ञापन, सःशुल्क पार्किङ, नयाँ व्यवसाय दर्ता, सिफारिस, सवारी साधन, मनोरञ्जन लगायतको तिरो वडा कार्यलयमै तिर्न सकिने छ ।


पुष्प दुलाल