कुन तारे होटलले भित्र्याउँदैछन् कुन अन्तर्राष्ट्रिय ब्राण्ड ?



काठमाडौं । नेपालमा लगानीको वातावरण सुदृढ भएसँगै होटल क्षेत्रमा अन्तर्राष्ट्रिय ब्राण्ड तथा चेनका भित्रिने क्रम बढ्दै गएको छ । पाँच तारे देखि मझौला होटलहरुले विदेशी ब्राण्ड तथा चेन होटल भित्र्याउन थालेका हुन् ।

ब्रान्ड भित्र्याउनेमा हाल चलिरहेका ठुला होटलदेखि निर्माणको तयारीमा रहेका होटलसमेत छन् ।

नेपालमा सबैभन्दा पहिले अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याउनेमा सोल्टी क्राउन प्लाजानै पर्दछ । सोल्टी क्राउन प्लाजाले ओवराय ब्रान्ड भित्र्याएको थियो । तर हाल भने उक्त ब्रान्डले छाडिसकेको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड तथा चेनहरुसँग सहकार्य गर्दा मार्केटिङ गर्न सजिलो हुनुको साथै छवि पनि राम्रो हुने भएकोले आर्कषण बढेको छायाँसेन्टरका प्रवद्र्धक सुमन पाण्डे बताउँछन् ।

नेपालमा हाल पाँचतारे होटल ह्यात रिजेन्सी काठमाडौं पर्दछ । जुन अमेरिकी ब्रान्ड ह्यात होटल कर्पोरेशनले व्यवस्थापन समालिरहेको छ । त्यस्तैगरी र्याडिसन होटल काठमाडौंमा पनि अमेरिकन प्रख्यात ब्रान्ड र्याडिसन होटलले व्यवस्थापन रहेको छ । जुन ब्रान्डका विश्वका ७३ देशमा होटल छन् ।

पछिल्लो समय दरबारमार्गमा रहेको पाँच तारे होटल अन्नपूर्णले थाइल्यान्डको प्रख्यात लक्जरी होटल समूह थानी इन्टरनेशनल भित्र्याएको थियो । तर व्यवस्थापनसँग सहमती कार्यन्वयन नगरेको भन्दै बीचमै छाडिसकेको छ ।

होटल निर्माणको घोषणा गरिसकेका बैद्यज अर्गनाइजेशन, नेपाल नागरिक उड्डयन प्राधिकरण, यति ग्रुप, लक्ष्मी ग्रुप, शेखर ग्रुप, साङ्ग्रीला, सोल्टीका होटलमा पनि अधिकांशमा अन्तर्राष्ट्रिय ब्राण्डनै आउने तयारी गरिरहेका छन् ।

दुई वर्षदेखि पोखरामा रहेको पाँचतारे होटल फुलवारीले भारतीय क्लार्कस होटल समुह भित्रइसकेको छ । निर्माणाधिन पाँचतारे होटल शेष घलेको होटल शेराटन काठमाडौं, छायाँ सेन्टरको अलफ्ट काठमाडौं, एमएस ग्रुपको मेरिओट काठमाडौं, सुमार्गी ग्रुपको युरोपेली ब्राण्ड ल्याउने तय गरिसकेको छ भने भारतीय होटल लड्र्स मिरेज पनि नेपाल आइसकेको छ ।

होटल निर्माणको घोषणा गरिसकेका बैद्यज अर्गनाइजेशन, नेपाल नागरिक उड्डयन प्राधिकरण, यति ग्रुप, लक्ष्मी ग्रुप, शेखर ग्रुप, साङ्ग्रीला, सोल्टीका होटलमा पनि अधिकांशमा अन्तर्राष्ट्रिय ब्राण्डनै आउने तयारी गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय ब्रान्ड तथा चेनहरुसँग सहकार्य गर्दा मार्केटिङ गर्न सजिलो हुनुको साथै छवि पनि राम्रो हुने भएकोले आर्कषण बढेको छायाँसेन्टरका प्रवद्र्धक सुमन पाण्डे बताउँछन् ।

‘हामीले पनि निर्माणकै चरणमा रहेको छायाँ सेन्टरमा अलफ्ट ब्रान्ड भित्र्याएका छौ,’  पाण्डेले क्लिकमाण्डूसँग भने ।

अन्य होटलहरुमा पनि ब्रान्ड तथा चेनहरु भित्र्याउनेक्रम पछिल्लो समय बढीरहेको पान्डेको भनाई छ ।

अन्तर्राष्ट्रिय चेनले रुची देखाउनुले नेपालको प्रचार अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन सहज पनि हुन्छ ।

दुई वर्षदेखि पोखरामा रहेको पाँचतारे फुलवारी होटलमा भारतीय क्लार्कस होटल समुहले २० वर्षको लागि व्यवस्थापन समालिरहेको छ । उक्त समुहको लगानीमा विश्वभर ४० वटा होटलहरु रहेका छन भने भारतमा साततारे सम्मका होटलहरु संचालनमा छन् ।

त्यस्तैगरी साना तथा मझौला होटहरुमा पनि ब्रान्डहरु भित्रिनेक्रम सुरु भएको छ । तीन वर्ष अगाडी देखि संचालनमा आएको बत्तिस पुतलीमा अवस्थीत लड्र्स मिरेज होटल काठमाडौंमा पनि भारतीय चेन होटल लड्र्स मिरेजले व्यवस्थापन लचाइरहेको छ । यसले भारतमा २६ वटा चेन होटल संचालन गरिरहेको छ ।

विदेशी ब्राण्डले होटलको प्रचार र पर्यटक तान्न सहज हुने भएकोले नयाँको ध्यान नयाँ ब्राण्ड तथा चेनमा केन्द्रित भएको होटल संघ नेपाल (हान) का पूर्व अध्यक्ष विके श्रेष्ठको भनाइ छ ।

‘नयाँ होटलमा विदेशी ब्राण्ड भित्रनु नेपालमा विदेशी लगानीका लागि सकारात्मक सन्देश प्रभाव हुनु हो,’ श्रेष्ठले भने ।

शेष घलेले अस्टेलियाको एमआईटी ग्रुप होल्डिङ्सको शेराटन काठमाडौंको निर्माण शुरु भइसकेको छ । करीब ८ अर्ब रुपैयाँको यो होटलमा २ सय १८ वटा कोठासहित आधुनिक सुविधासम्पन्न हुने भएका छन् । यो होटल सिंगापुरको स्टारवुड ग्रुपले व्यस्थापन सम्हाल्ने भएको छ ।

यो होटल २०१९ को फेब्रअरीबाट संचालन गर्नेगरी आवश्यक तयारी भएको होटलले जानकारी दिएको छ । स्टारउडकै व्यवस्थापनमा संचालन हुने छायाँदेवी सेन्टरमा अलफ्ट काठमाडौं होटल संचालन हुने भएको छ । एक सय ७५ कोठा यो होटल निर्माणसँगै छायासेन्टरले करीब पाँच अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

नेपालको पर्यटन क्षेत्रमा देखिएको सम्भावनालाई व्यवसायमा परिणत गर्ने उद्देश्यले मुक्तिश्री प्रालीले युरोपेली चेनमा काठमाडौको विशालनगरमा होटल निर्माण गर्ने भएको छ । पाँच अर्ब लागनीमा निर्माण हुने दुई सय २० कोठाको हो । कम्पनीले भने कुन ब्रान्ड ल्याउने भन्ने निर्णय गरिसकेको छैन ।

अन्तर्राष्ट्रिय चेनले रुची देखाउनुले नेपालको प्रचार अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउन सहज पनि हुन्छ । अहिलेको संस्कृति भनेको ब्राण्डेड कपडा लगाउने, खाना खाँदा पनि ब्राण्डेड हेर्ने तथा बस्ने काम हुन थालिसकेको पान्डेको बुझाई छ ।

अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस) ग्रूपले पनि नक्सालमा दुई सय ३५ कोठाको पाँचतारे होटल निर्माण गरिरहेको छ । साढे दुई अर्ब लगानी हुने यो होटल एभरेष्ट होटल ग्रुपको नामले संचालन हुने छ ।


पुष्प दुलाल