लक्ष्मी हुण्डार्ईले ओपन गल्फ आयोजना गर्ने




काठमाडौं । नेपालको लागी हुण्डार्ई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले ले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।

उक्त टुर्नामेन्ट ग्लेनजेज डिजाइन गोकर्ण गल्फ क्लबमा आगामी शनिवारमा हुने छ । ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फम्र्याटमा हुने छ ।

यसमा १ सय गल्फर्स सहभागी हुने छन् । यस टुर्नामेन्टमा टाइटल विजेता,फस्र्ट रनर अप,सेकेन्ट रनर अप बेस्ट ग्रस,लेडिज विजेता,सिनियर विजेता(६० वर्ष माथीको),जुनियर विजेता १७ वर्ष मुनीको,हुन्डाई ओनर क्याटागोरी लगायतमा विजेता घोषणा गरिने छ । यसको साथै होल इन वन बिजेतालाई उपहार स्वोरूप एक थान हुन्डाई ग्रान्ड आई १० गाडी प्रदान गरिने छ ।

लक्ष्मी इन्टर कन्टीनेन्टल प्रालिका कार्यकारी निर्देशक निराकर श्रेष्ठले वर्षको ओपेन गल्फटुर्नामेन्ट सातौँ सस्करण भएको र यस वर्षको टुर्नामेन्ट पनि रोमान्चक र प्रतिस्पर्धी हुने बताए ।


क्लिकमान्डु