बुद्धिष्ट इकोनोमिक्स विषयक सेमिनारमा सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्य



काठमाडौं । वित्तिय साक्षरता अन्तर्गत सिटिजन्स बैंकको सहकार्यमा लुम्बिनी बौद्ध विश्वविद्यालय तथा लुम्बिनी रिसर्च सेन्टर अन्डरस्ट्याडिङ एण्ड पिसले बुद्धिष्ट इकोनोमिक्स विषयक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंमा आयोजित उक्त छलफल कार्यक्रममा द रागनर नुर्कसे स्कुल अफ इनोभेसन एण्ड टेक्नोलोजी, स्टोनियाका चेयर अफ गर्भरेन्स प्रोफेसर उल्फग्याङ डेस्सलरले बुद्धिष्ट इकोनोमिक्सको बारेमा विशेष जानकारी दिएका थिए ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बौद्धिक वर्गहरुको उपस्थिति रहेको सो कार्यक्रममा विशेषत आत्ममुंल्याकन विषयमा विचार आदान प्रदान भएको थियो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रममा सहकार्य गरेको जनाएको छ ।


क्लिकमान्डु