सार्कमा पाकिस्तान र बंगलादेश यसरी बन्दै छन् आर्थिक शक्ति



काठमाडौं । चालु आर्थिक बर्ष ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको छ । समयमा भएको बर्षा, पुननिर्माणको खर्च, निवार्चन खर्च, विकास खर्च आदिका कारण यो प्रक्षेपण सहजै पुग्ने देखिन्छ । यदि यो लक्ष्य प्राप्त भएमा ०५१ साल पछिको सबैभन्दा ठूलो उपलब्धी हुनेछ ।

अर्ब बढि जनसंख्या भएका दुई ठूला छिमेकी राष्ट्रहरुले लामो समय देखि ८ देखि १० प्रतिशत सम्मको आर्थिक बुद्धि हासिल गर्दै गर्दा हामी सानो र साधन स्रोतले सम्पन्न भएर पनि ६.५ प्रतिशतको बृद्धि हासिल गर्न २२ बर्ष लाग्नु पक्कै पनि दुर्भाग्यपुर्ण कुरा हो । यस्तो दुर्भाग्यपुर्ण स्थितीलाई निकै सहज ढंगले ब्याख्या गर्न गरिन्छ । राजनीतिक अस्थिरताका कारण ।

तर, दक्षिण एसियाकै र हामी भन्दा अस्थिर दुई छिमेकी एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुमानमा सन् २०३० सम्म विश्व आर्थिक शक्ति बन्दैछन् । ती देश हुन् राजनीतिक अस्थिरता, धार्मिक अतिवाद र आतंकबादले समेत गाँजेका बंगलादेश र पाकिस्तान ।

विश्वको ठूलो ब्यवसायीक सेवाप्रदायक फर्म ‘प्राइस वाटर हाउस कुपर्स’ ले सन् २०३० सम्म विश्वका शक्तिशाली अर्थतन्त्र बन्न सक्ने ३२ वटा राष्ट्रहरुको सूची सार्वजनिक गरेको छ ।

सूचीमा बंगलादेश २८औं स्थानमा र पाकिस्तान २०औं स्थानमा छन् । अबको १३ बर्षमा बंगलादेशको अर्थतन्त्र दक्षिण अफ्रिका, कोलम्बिया र नेदरल्याण्डको अर्थतन्त्र भन्दा ठूलो हुने अनुमान गरिएको छ । पाकिस्तानले त झन् अष्ट्रेलिया, थाइल्याण्ड जस्ता देशलाई समेत पछि पार्ने अनुमान गरिएको छ । भारत भने विश्वकै तेस्रो ठूलो आर्थिक शक्ति हुने अनुमान गरिएको छ ।

आर्थिक बृद्धि नै सम्बन्धित देशको मानव बिकास, सुशासन, समावेशीता आदि कुराको सूचक होइन । तर, आर्थिक बृद्धिले यी मुद्दाहरुलाई सम्बोधन गर्न पक्कै पनि मद्दत पुर्याउँछ । र, यो निकै महत्वपूर्ण सूचक हो ।

‘द लङ भ्यूः हाउ वील ग्लोबल इकोनोमिक अर्डर चेन्ज बाइ २०५०’ नामक रिर्पोट सार्वजनिक गर्दै फर्मले सो सूची सार्वजनिक गरेको हो । ३२ देशको जीडीपीलाई क्रय शक्तिको हिसाबले समायोजन गर्दै फर्मले सो सूची तयार पारेको हो ।


क्लिकमान्डु